Aamsanchar

इडन गार्डेन स्कुलको ३५ औं वार्षिकोत्सवमा विभिध कार्यक्रम

Author Image
शुक्रवार, फागुन ११, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको इडन गार्डेन स्कुलले ३५ औं वार्षिकोत्सव मनाएको छ ।  आज (शुक्रबार) विभिध कार्यक्रम आयोजना गरेर इडन गार्डेनले वार्षिकोत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष समीक्षा सिटौलाको अध्यक्षतामा आयोजित वार्षिकोत्सव उद्घाटन समारोहमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईँको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जात जातिको संस्कृति झल्कने नृत्यहरू प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयले वर्ष उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा प्रशंसा पत्रसहित नगद प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक मोहन आचार्यले जानकारी दिए ।

कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रनिशा मोहोरा र नेलशन पराजुलीलाई उत्कृष्ट विद्यार्थी घोषण गरि नगद तीन हजार सहित प्रशंसा पत्र प्रदान गरिएको छ । त्यसैगरी गत वर्षको एसइइमा उत्कृष्ट नतिजा ल्याएका आभास मैनालीलाई नगद पाँच हजार र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी विद्यालयका विद्यार्थीहरूको हरियो सदनलाई उत्कृष्ट सदन घोषणा गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो भने अभिभावक मैत्री भाग्य चिठ्ठा कार्यक्रममा विजयी बनेका अभिभावकलाई नगद १ हजार पाँचसय बराबरको मोबाइल रिचार्ज उपलब्ध गराइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाईँ, प्रधानाध्यापक आचार्यले विद्यालयको वार्षिक प्रगति विवरणसहित मन्तव्य राखेका थिए ।

तीन दशक लामो शैक्षिक उन्नयनका लागि निरन्तर अग्रपंक्तिमा रहेको इडन गार्डेनको वार्षिकोत्सवमा बिर्तामोड नगर प्यावसन अध्यक्ष उत्तम खनाल, बाल सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलको आतिथ्य रहेको थियो ।

वार्षिकोत्सवको उद्घाटन सत्र विद्यालयका शिक्षक गीताराम आचार्य र सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरू प्रनिशा मोहोरा र नेलशन पराजुली, सुमिरन दुलाल र सुरज गौतमले गरेका थिए ।
स्वागत मन्तव्य शिक्षक प्रकाश पाण्डेले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
23
+1
0
+1
0
+1
3
+1
0
+1
1
+1
0
Views: 416

प्रतिक्रिया (०)