Aamsanchar

लकडाउन उलंघन गराउने ४ वडाध्यक्षसहित ९ जना पक्राउ

Author Image
बिहिवार, चैत २७, २०७६

काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लंघन गर्दै बझाङको छबिस पाथिभरा गाउँपालिकामा मेला आयोजना गर्ने ४ जना वडाध्यक्षसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका पक्राउ पर्नेहरूमा वडा नम्बर २, ३, ४ र ५ का अध्यक्ष तथा ३ जना पूजारी र मेला व्यवस्थापन समितिका २ जना पदाधिकारी रहेका छन् ।

पक्राउ परेकाहरूको आरोप पुष्टि भएमा अधिकतम ६ सय रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय हुने कानुनी व्यवस्था छ । ‘संक्रमण ऐनमा १ सय रुपैयाँ जरिवाना र १ महिना कैद वा ६ सय रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय हुने दुई किसिमको व्यवस्था रहेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभरका मानिसहरूलाई घर बाहिर ननिस्किन निर्देशन जारी गरे पनि छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ३ मा मंगलबार भव्य मेला लागेको थियो । सो घटना सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले लकडाउन उल्लंघन गर्ने पदाधिकारीहरूलाई पक्राउ गरेर ल्याउन प्रहरीलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर