Aamsanchar

ब्ल्याक सागर तटनजिक तीन तेल ट्यांकरमा ड्रोन आक्रमण

Author Image
शुक्रवार, जेठ १५, २०८३

काठमाडौं  – टर्कीको ब्ल्याक सागर तटनजिक बिहीबार तीन तेल ट्यांकरमा ड्रोन आक्रमण गरिएको एपीले जनाएको छ ।

आक्रमणको निसाना बनेका सबै जहाज पश्चिमी देशहरूको प्रतिबन्ध सूचीमा थिए । ती जहाजलाई रुसको तेल तथा पेट्रोलियम उत्पादन निर्यात गर्न प्रयोग गरिने तथाकथित ‘स्याडो फ्लिट’को हिस्सा मानिन्छ ।

यस्ता जहाज युक्रेन युद्धपछि रुसमाथि लगाइएका पश्चिमी प्रतिबन्ध छल्न प्रयोग भइरहेको आशंका छ । तीनै जहाजका चालक दलका सदस्य सुरक्षित रहेका जनाइएको छ ।

सहयोगका निम्ति टर्कीको तटरक्षक बलका जहाजहरू घटनास्थलमा पठाइएको थियो । आक्रमणको जिम्मेवारी हालसम्म कुनै संगठन वा देशले लिएको छैन । टर्कीका अधिकारीहरूले पनि यसबारे तत्काल कुनै टिप्पणी गरेका छैनन् ।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर