चारपाने । झापाको बिर्तामोड–२, चारपानेमा रहेको डोनिका संक्रिट उद्योगमा कार्यरत मजदुरहरुलाई बिर्तामोड–२ घाग्रा टोलका युवा उपिन कार्कीले राहत विरण गरेका छन ।
कार्कीले उद्योगको कटेरोमा बस्ने १५ परिवारलाई हप्ता दिन सम्म पुग्ने चामल, दाल, तेल र साबुन उपलब्ध गराएका छन, उनले छुटेका १ परिवारलाई पनि राहत उपलब्ध गराएको मजदुर हरुले बताएका छन ।
कार्कीले बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला संग समन्वयन गरेर राहत वितरण गरेका थिए ।
बुधबार आमसंचार डटकमले लकडाउनका कारण १५ परिवार खाद्य संकटमा भन्ने शिर्षकमा समाचार सम्प्रेसण गरेपछि मनकारी युवा उपिनले आफू केही सहयोग गर्ने भनेका थिए । सोही अनुसार उनले आज ति मजदुर परिवारलाई सहयोग गरेर समाज प्रति आफ्नो उत्तरदायित्व प्रकट गरेक छन।
यो पनि पढनुहोस् ।
लकडाउनका कारण १५ परिवार खाद्य संकटमा
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 188