Aamsanchar

मनकारी शेरबहादुर, आज कनकाई–९मा ३ सय परिवारलाई राहत बितरण गरे

Author Image
बिहिवार, चैत २७, २०७६

फोटो: अभय राजवंशीको फेसबुकबाट

घैलाडुब्बा ।  बिर्तामोड निवासी शेरबहादुर थापाले आज झापाको कन्काई नगरपालिका वडा नं.९ का विपन्न वर्ग परिवारलाई राहत बाडने काम गरेका छन ।

समाजसेवी तथा झापाका अव्बल निर्माण ब्यवसायी थापाले कन्काई नगरपालिका भित्रका बिपन्न मजदुरहरुलाई राहत बाढने क्रममा आज बिहिबार कनकाई–९को घैलाडुब्बा पुगेका हुन ।
आज सम्म कन्काई र अर्जुनधारा नगरपालिका भित्रका ९३० परिवार समक्ष राहत पुर्याई सकेको थापाले बताएका छन ।

फोटो: अभय राजवंशीको फेसबुकबाट

लकडाउनको केही दिन देखिनै दिन रात नभनी राहत वितरण गर्दै हिडेकाका उनिले आफ्नो ब्यक्तिगत खर्चबाट ९३० र २११ परिवारलाई अरु संघ संस्था संग संयुक्त रुपमा  सहयोग गरेको बताए ।

उनले हरेक परिवारलाई १० केजी चामल, १ केजी नुन, १ लिटर खानेतेल, १ केजी टमाटर, १ किलो दाल  दिएर  सहयोग छन । आज मात्र कनकाई ९ मा ३ सय परिवारलाई वडाकार्यालय, रेडक्रसको समन्वयनमा बितरण गरेका हुँन ।

समाजसेवी शेरबहादुर थापा ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर