कोहलपुर : लकडाउनको समयमा बाँकेको कोहलपुरमा एक १४ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छन् ।
कोहलपुर नगरपालिका ११ एकतानगर बस्ने २० वर्षीय आकाश मल्ल र दाङको घोराही उपमहानगरपालिका ६ घर भइ कोहलपुरमा मामाको घरमा बस्दै आएका अंकित गिरीले आइतबार राति बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डीएसपी कुलदिप चन्दले बताए ।
पीडित बालिकाले प्रहरीलाई दिएको किटानी जाहेरीपछि प्रहरीले मल्ललाई पक्राउ गरिसकेको छ भने गिरी फरार छन् । पीडित बालिकालको स्वास्थ्य जाँच गरिसकेको छ।
लकडाउनको समयमा आइतबार साँझ नै छोरी हराएको भन्दै अभिभावकले प्रहरीमा खबर गरेका थिए। अभियुक्तले बालिकालाई कोठामा लगेर रातभरी बलात्कार गरेको पीडितले प्रहरी समक्ष बताएकी छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 144