Aamsanchar

के नेपालमा बनेका सुरक्षीत छन त ? क्वारेन्टाइन व्यवस्थापनको अवस्था कस्तो छ ?

Author Image
शनिवार, चैत २९, २०७६

बिश्वभरी महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि देखिइसकेको छ । यस महामारिबाट जोगिन सरकारले देशभर लकडाउन गरी मानिसहरुलाई आवत जावत गर्न, घरबाट बाहिर निस्कन बन्देज लगाएको छ । बिद्यमान अवस्था आक्रान्त बनेकोले लकडाउनको अवधी थप हुँदै गएको छ भने अरु पनि थप हुने अवस्था छ । कोरोना भाईरसको संक्रमणले दिन प्रतिदिन स्थिती गम्भीर बन्दै गएको हुनाले यस अबस्थामा हामी सम्पुर्ण नेपाली जनता सतर्क, संबेदनसिल अनि सुरक्षित हुनुपर्ने देखिन्छ।

संघीय, प्रदेश तथा स्थानिय सरकार, जनप्रतिनिधि, प्रहरी, प्रशासन र विभिन्न व्यक्तिहरुको समेत यस महामारिलाई नियन्त्रण तथा निर्मुल पार्न गरिएको प्रयास निकै नै स्वागतयोग्य र प्रशंनीय छ । यस अवस्थामा स्थानिय सरकारको कार्य एवम दायित्व निकै महत्त्वपूर्ण देखिएको छ।

श्रोत साधनहरुको अभाव, जनमानसमा फैलिएको एक किसिमको डर, त्रास, अनि सुस्त महामारी रोक्ने पुर्वतैयारिले अझै संक्रमितको संख्या बढ्ने आशङ्का गरिएको छ। सरकारद्वारा हर सम्भव प्रयास गरिदा समेत संक्रमण थप फैलीने खतरा अनुमान गरिएको छ । संक्रमित र संकास्पद मानिसको परिक्षण गर्न प्रयोगशालाको अवस्था, प्रणाली, जनशक्ति, श्रोतसाधनहरु नियाल्दा यसलाई थप शशक्त र मजबुत एवं प्रयाप्त बनाउन जररी छ । क्वारेन्टाइनलाई कोरोना भाइरस को महामारी रोकथामका लागि एकदमै महत्वपूर्ण रोकथामको उपाय मानियको छ। आजको दिनसम्ममा करिव नौ हजार भन्दा बढीलाई देशको विभिन्न स्थानमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ। बाँकी हामी आफ्नै घरमा होम क्वारेन्टाइनमा छौं। अहिलेको परिस्थिमा बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्म हामी कोरोना भाइरस महामारीकै बारेमा चाहेर वा नचाहेरै कुरा गरिरहेका हुन्छौं। क्वारेन्टाइनमा हाम्रो बसाइँ कत्तिको सुरक्षित छ, होला त विचारणीय विषय हो।

अहिलेको यस आपतकालीन परिस्थितीमा ध्यान दिनुपर्ने तर कतै छुटिरहेको कुरा के छ भने क्वारेन्टाइनलाई कोरना भाइरस महामारीको एउटा महत्वपूर्ण रोकथामको उपाय मानेर जताततै क्वारेन्टाइन स्थापन गर्ने लहर चलिरहेको छ। तर के त्यहाँ गुणस्तरीय क्वारेन्टाइन स्थापना एवं सञ्चालन निर्देशिका बनएर सोहीअनुसार सञ्चालन गरिएको छ? एकदमै सोच्नुपर्ने विषय हो यो।

पक्कै पनि हामी शंङ्कास्पद व्यक्तिहरुलाई छुट्टै क्वारेन्टाइनमा राख्छौं र शंङ्कास्पद भन्ने बित्तिकै उक्त व्यक्तिहरुमा कोरोना भाइरस हुन पनि सक्छ है भन्ने हो। हामीले विचार गरेका छौं, त्यस्ता व्यक्तिहरुद्बारा क्वारेन्टाइनमा रहँदा दैनिक रुपमा निस्केको फोहरको व्यवस्थापन कसरी भइरहेको छ? कतै त्यही संक्रमित फोहर पछि संक्रमणको स्रोत त बन्ने होइन?

त्यस्तै अर्को छायाँमा परेको विषय छ, मानसिक स्वास्थ्य।हामी कतिपय आफ्नो घरमा विभिन्न सुविधाहरु उपभोग गर्दै आफ्नो परिवार सँगै बसिरहेका छौं। तैपनि हामी बिचलित छौं भने घरभन्दा बाहीर क्वारेन्टाइन रहनुभएका व्यक्तिहरुको मानसिक स्वास्थ्यको बारेमा कसले सोचिदिने? जसले केही सोचिरहेको छ उसले केही गर्न सकिरहेको छैन। जसले केही गर्न सक्छ, उसले अहिले यहाँसम्म सोच्नै भ्याएको छैन।क्वारेन्टाइनमा रहँदा ख्याल गर्नुपर्ने अर्को महत्वको विषय छ पोषण। घरमै क्वारेन्टाइनमा रहँदा होस वा अन्य स्थानका क्वारेन्टाइनमा रहँदा कत्तिको महत्व पाइरहेको छ त पोषणले? एकपटक यसको बारेमा पनि सोच्ने हो कि? 

विश्व स्वास्थ्य संगठनले हालै नयाँ निर्देशिका जारी गरेको छ। जसमा क्वारेन्टाइनमा रहँदा के खाने, के नखाने, कति र कसरी खाने लगायत विषय उल्लेख छ।जसको पालना गर्दा क्वारेन्टाइनमा रहेका हरेकलाई स्वस्थ रहन मद्दत गर्नेछ।तर हामीमध्ये कति यसको बारेमा जानकार छौं र कतिले यसको अनुशरण गरेका छौं।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७६ चैत २० को प्रतिवेदन अनुसार  सातै प्रदेशमा गरी जम्मा २४ हजार ६ सय ३९ क्वारेन्टाइन बेड स्थापना गरिएको र जसमा मिति चैत १९ सम्ममा  ८ हजार ५ सय ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

कोरोना भाइरस संक्रमण रोकथाप र उपचारका लागि हरेक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन बेड तयारी अवस्था राखिएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबार देशभरका क्वारेन्टाइनमा १२ हजार ८ सय ४० जना मानिसहरु रहेको जानकारी दिए।

उपत्यका बाहिर १२ सय भन्दा बडि र उपत्यका भित्र २०० जना गारी देशभर दिन प्रदिन मानिसहरु आइसोलेसनमा उपचार गराइरहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए।  सरकारले बाहिरी देशबाट आएका मानिसहरुलाई देशभरका क्वारेन्टाइनमा राखेको छ।  उनीहरु सबैको कोरोना भाइरस संक्रमण भए नभएको जाँच गरेर मात्र पठाउने बताइएको छ।

संक्रमणको शङ्का भएको तर, स्वस्थ व्यक्तिले स्वयंलाई अन्य व्यक्तिबाट अलग राखेर संक्रमण फैलिने सम्भावना न्यूनीकरण र रोगको सहज पहिचान गर्ने व्यक्तिगत पहल नै सेल्फ क्वारेन्टाइन हो । त्यस्ता व्यक्ति आफ्नै घरभित्र वा निश्चित कोठामा, तोकिएको समयसीमा (कोभिड–१९ को शङ्कामा १४ दिन) अलग्गै बस्नुपर्छ ।

पछिल्लो समय प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिलाई आफू सेल्फ क्वारेन्टाइनमा बसेको जानकारी गराउनुपर्छ । यसका लागि सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ । क्वारेन्टाइन अवधिमै संक्रमण देखिए त्यसको पनि जानकारी गराउनुपर्छ ।

सेल्फ क्वारेन्टाइनमा रहेको १४ दिनभित्र ज्वरो आए, सास फेर्न अप्ठ्यारो भए, खोकी वा अन्य श्वासप्रश्वास सम्बन्धी समस्या आए स्वास्थ्य संस्था जानुपर्छ । अस्पताल जाँदा अनिवार्य मास्क लगाउनुपर्छ । मास्क नभए नाक–मुख रुमालले छोप्नुपर्छ ।

को बस्ने ?

१. वैदेशिक यात्रा गरेर नेपाल फर्किएका व्यक्ति।

२. कोरोना भाइरसबाट संक्रमित व्यक्तिको नजिक भएकाले पछिल्लो सम्पर्क भएको मितिले १४ दिन ।

३. कोरोना भाइरसको संक्रमितसँग नजिकिएको शङ्का लागेका व्यक्ति ।

४. चीन, इरान, दक्षिण कोरिया, इटाली, युएई, जापान जस्ता अत्यन्तै जोखिमयुक्त देश हुँदै नेपाल आएका व्यक्ति ।

५. आशङ्का गरिएका व्यक्तिलाई संक्रमणका लक्षण देखा परे प्रत्यक्ष सम्पर्कमा आएका र बिरामीको हेरचाह गर्ने पनि क्वारेन्टाइनमा बस्नुपर्छ । तर, परिवारका कोही सदस्य क्वारेन्टाइनमा बस्दा सबै जना बस्नु पर्दैन ।

इटालीले आफ्ना ६ करोडभन्दा बढी नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । इटालीसहित अष्ट्रेलिया र दक्षिण कोरियाले सेल्फ क्वारेन्टाइनको निर्देशन पालन नगर्नेलाई दण्ड गर्ने कानून बनाएको छ । हाम्रो देशमा भने समूहमा भेला भएर गरिने क्रियाकलापलाई निषेध गर्न अनुरोध मात्र गरिएको छ । यस्तो वेला हामी आफैं सचेत भए संक्रमणको जोखिम कम गर्न सकिन्छ ।

कसरी बस्ने ?

१. सकेसम्म सबै सुविधाभएको एउटै कोठामा बस्नुपर्छ । घरका सम्पूर्ण कोठाको उपयोग गरिए संक्रमण देखिएको खण्डमा पूरै घर सफा गर्नुपर्छ ।

२. सिङ्गो घरमा एक्लै क्वारेन्टाइनमा बसे बाहिरी दुनियाँसँग निरन्तर फोन र मेसेज सम्पर्कमा रहनुपर्छ । यदि दीर्घकालीन रोगी भए अस्पताल वा चिकित्सकसँग सोझे फोन सम्पर्कमा रहनुपर्छ ।

३. संक्रमणको आशङ्कामा रगतको जाँच गरेर रिपोर्ट आउँदासम्मलाई घर पठाइएको भए निश्चित कोठामा मास्क लगाएर सकेसम्म परिवारका सदस्यबाट टाढा बस्ने । अलग बाथरुम र शौचालय प्रयोग गर्ने ।

४. घरपालुवा पशुपक्षीबाट टाढा बस्ने (हङकङमा मानिसबाट कुकुरलाई कोभिड—१९ सरेको थियो ।)

५. परिवारका सदस्यभन्दा बाहेकलाई घरमा आउन नदिने ।

६. स्वास्थ्य जाँचका लागि नजिकको अस्पतालमा फोन गरेर सम्पूर्ण जानकारी गराएर मात्र जाने, जसकारण अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षित ढङ्गले उपचार गर्ने तयारीका लागि समय मिल्छ ।

७. लक्षण देखिनासाथ मास्क लगाउने, हाच्छिउँ गर्दा, खोक्दा आफ्नो मुख नाकलाई कपडा वा पेपरले छोप्ने । छोप्दा प्रयोग भएका वस्तुलाई बन्द फोहोर फ्याँक्ने भाँडोमा फाल्ने र २० सेकेन्ड लगाएर मिचेर हात धुने वा ह्यान्ड स्यानिटाइजरले सफा गर्ने ।

८. आफ्ना व्यक्तिगत लत्ताकपडा, भाँडाकुँडा, साबुन आदि अरूलाई चलाउन नदिने । आफूले छोएका घरको ताल्चा, चाबी, बरण्डाको डण्डी, टिभीको रिमोट, मोबाइल, कम्प्युटरको माउस, किबोर्ड आदि राम्रोसँग सफा गर्ने ।

९. जथाभावी नथुक्ने, सिंगान नफाल्ने, फालेको पनि आफैंले सफा गर्ने ।

१०. धेरै जना एकै ठाउँमा क्वारेन्टाइनमा बस्नु परे खुला, धेरै कोठा भएको, हावा आवतजावत हुने ठाउँको प्रयोग गर्ने ।

११ लक्षणहरूबाट विचलित नहुने, लक्षण बढेको खण्डमा तुरुन्त चिकित्सकको सल्लाह लिने ।

१२. क्वारेन्टाइनमा रहँदाको अवस्थामा नजिकैको प्रहरी, अस्पताल, रेडक्रस वा अन्य सामाजिक संघसंस्थाको फोन नम्बर सुरक्षित राख्ने ।

त्यसैगरि आइसोलेनमा शकास्पद बिरामी र तिनको उपचारमा खटिएका स्वास्थ्यमर्मीलाई राखिएको बताइएको छ। उनीहरुको पनि नमुना परीक्षण गरिने प्रवक्ता देवकोटाले जानकारी दिए।

सवै स्थानमा सरकार नपुग्न पनि सक्छ। किनकि सरकारलाई अहिलेको अवस्थामा स्वास्थ्यकर्मीका लागि सुरक्षाका उपकरण र औषधीको व्यवस्थापन गर्नै भ्याइ नभ्याइ छ।यस्तो अवस्थामा हामी राष्ट्रसेवक र आम जनसमुदायको पनि आफ्नो केही महत्वपूर्ण भूमिका हुन्छ। पहिलो कुरा त क्वारेन्टाइन हाम्रै लागि हो भन्ने बुझ्न जरुरी छ। यो कुनै सजाय नभएर कोरोना भाइरस महामारी रोकथामको महत्वपूर्ण उपाय हो।

यसले परिवारका सदस्यहरु एवं समुदायमा रोग फैलनबाट रोक्न मद्दत गर्दछ। त्यसैले यो उपायलाई प्रभावकारी बनाउन हामी आफू पनि रचनात्मक तरिकाले प्रस्तुत हुन जरुरी छ।

कमजोरी देखाएर खोट मात्र लगाउने भन्दा पनि आफ्नो दायित्व बहन गर्ने समय हो यो।सरकारले केही गर्न सकेन भनेर आरोप लगाउनु मात्र भन्दा पनि सरकारले गरेका निर्णयहरु पालना गर्दै सुरक्षित बसेका छौं कि छैनौं एकचोटी त्यतापनि विचार गर्ने हो कि? क्वारेन्टाइनमा राख्न खोज्दा आत्महत्याको प्रयास, क्वारेन्टाइनबाट भाग्ने प्रयास जस्ता समचाहरु बन्न बन्द गर्ने हो कि?

क्वारेन्टाइनमा राखिएकामध्ये एकजनाले भने, ‘हामी सबै ठीक छौं, यहाँ सबै कुरा ठीकठाक छ। त्यसकारण कसैले पनि केही पनि चिन्ता लिनुपर्ने अवस्था छैन।’ ती व्यक्तिले क्वारेन्टाइनमा राखिएको पहिलो दिन नै परीक्षणका लागि सबैको नमुना लगिएको जानकारी दिए। सबैलाई स्वास्थ्य टोलीले निगरानीमा राखेको छ।

अन्तयमा, केहीको प्रयासले मात्र यो महामारी रोक्न गाह्रो छ । बरु एक जना मात्र नै यसको महामारी निम्त्याउन काफी छ भन्ने कुरालाई राम्रोसँग मनन गरौ।सरकारलाई मात्र दोष दिने र स्वास्थ्यकर्मीको मनोवल घटाउने काम नगरौ।आफू सुरक्षित रहन एकदमै राम्रोसँग कोरोना भाइरस रोकथाम तथा सुरक्षाका उपायहरु अपनाउँ। होम क्वारेन्टाइन होस वा सरकारद्वारा निर्मित क्वारेन्टाइन जहाँ भएपनि सुरक्षित भएर बसौं।कोही कसैलाई पनि महामारीको कारण बन्न नपरोस्।क्वारेन्टाइनको कथा सफल कथा बन्न सकोस्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 390

प्रतिक्रिया (०)

सम्बन्धित खबर