Aamsanchar

कोरोना संक्रमणको पहिलो जोखिममा जनप्रतिनिधी

Author Image
आइतवार, चैत ३०, २०७६

गत चैत्र ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण मुलुक ठप्प छ दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न नागरिकलाई पेट भर्न समस्या परेको छ । नागरिकले खान पाउने हकलाई सुरक्षित गर्न यतिवेला राज्यले स्थानीय तहमार्फत अतिविपन्न नागरिकलाई पेट भर्न खाद्यान्य उपलब्ध गराउँदै छ । कोरोनाको सन्त्रास फैलिरहँदा अतिविपन्न नागरिक छनौट गर्ने कुरा र उनीहरुलाई खाद्यान्य उपलब्ध गराउने कुरा पनि चुनौतिपूर्ण बन्दै गएको छ ।

प्रत्येक वडाका वडा वडाध्यक्षहरु यतिवेला अतिविपन्न नागरिकको नाम छनौट गर्न र खाद्यान्य उपलब्ध गराउने कुरामा दिनरात लागिपरेका छन् । सामान्य मास्कको भरमा हरेकसँग सम्पर्कमा रहनुपर्ने भएकाले देशैभरका जनप्रतिनिधिहरु ठूलो जोखिम मोलेर काम गरिरहेका छन् । सरकारले एकद्वार प्रणाली मार्फत राहत बितरण गर्ने घोषणा गरेपछी प्रत्येक टोलमा उनीहरुको उपस्थिति अनिवार्य छ ।

विश्वमा भईरहेको कोरोना फैलावटको अवस्थालाई हेर्ने हो भने नेपालमा चुनौती विस्तारै थपिन सक्ने संम्भावना अझै टरेको छैन । अवस्था जटिल बन्दै गयो भने हरेक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने स्थानीय तहका जनप्रतिनिधिलाई ठूलो समस्या निम्तन सक्ने खतरा देखिएको छ । करोडौं लगानी गरेर ठुलामहल माथी हेलिप्याड निर्माण गर्न सक्ने र लाखौंको बिज्ञापन गर्ने अस्पताल यति बेला सामान्य पिपिइ नभएकाले उपचार गर्न नसक्ने भन्दै बिरामीलाई गेटबाटै फर्काउने गरेको समाचार संचारमाध्यममा आइरहेका छन् ।सुरक्षा र सावधानीका साधन स्थानीय तहमा प्रर्याप्त छैनन् ,राज्यले बेलैमा व्यवस्थापन गर्न आलटाल गरे समस्या अझ विकराल बन्न सक्ने खतरा प्रसस्त मात्रामा छ।

अतिविपन्न नागरिकको चुल्हो बल्नु पर्छ बालबालिका र बृद्धअबश्थाका नागरिक भोकले मर्नु हुँदैन सरकारले दिएको निर्देशन सामान्य नागरिकले मान्नु पर्छ अनि जनप्रतिनिधि भनेका राज्यका महत्त्वपूर्ण हिस्सेदार हुन् ।झापा बिर्तामोड नगरपालिका ९ का वडाध्यक्ष पबित्रा पाठक जो नगर कै एकमात्र महिला वडाध्यक्ष पनि हुन् उनी यतिबेला गाउँमा राहत बाड्न आफै सकृय छिन् ।गरिबका घरमा चुलो बाल्न स्थानीय हरु संग हातेमालो गर्दै काम गरिहरेको देख्दा वडाबासी खुशी देखिन्छन् ।संकटमा जनप्रतिनिधि र प्रहरी अहिले जनताका आशा र बिश्वासका केन्द्र बनेका छन् ।वडाध्यक्ष संगै वडासदस्यहरु ज्यानको बाजि लाएर जनताको सेवामा लागेका छन् ।कोहि बोरा बोक्ने,चामल भर्ने,दाल,नुनको ब्यबस्थापन मिलाउने यो दृश्यले निक्कै भावुक बनाएको छ।हामिले उनीहरुको यो संकृयता र जागरको भिडियो क्यामरामा कैद गरेका छौँ ।सधैभरी यसरी जनप्रतिनिधिहरु जिम्मेवार भएर काम गर्ने हो भने सुखी नेपाली समृद्धि नेपालको सपना पूरा हुन हामिले अर्को पुस्ताको अपेक्षा गर्नु पर्दैन ।

यस्तै बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन भन्छन् सामान्य मास्कको भरमा हरेक नागरिकको घरमा पुगिरहेका छौं हामी पनि कहाँ सुरक्षित छौं र तरपनि जनताको काम गर्ने कसम खाएका हामीले जस्तो सुकै परिस्थितिमा पनि जनताका लागि काम गरिरहेका छौं ।हाम्रो धर्म नै जनताको समस्यामा सकेको मलम लाउने र उनीहरुको कुरा सुन्ने हो ।साबित चारपाने गाबिस हाल बिर्तामोड २ का नगेन्द्र संग्रौला आफ्नो वडामा लाग्ने बजार र मजदुरहरुको सुरक्षा र ब्यबस्थापनमा विभिन्न माध्यम बाट सचेत गराउदै छन् ।सामाजिक संजालमा राजनीतिक बहसमा खरोरुपमा उत्रिने उनी यतिबेला जनताका समस्या र भोलि हुने सम्भाबित घटनाका विषयमा सजग गराउदै छन् ।राहत बितरणमा टोलबिकास समिती र आफ्ना वडासदस्यको सहकार्यमा एकता बद्द भएको पाइन्छ। सदस्य किशोर कुमार पौडेल भन्छन् नगरकै ठूलो वडा अनि सबैभन्दा धेरै उद्योग छन् ।

सिमित अधिकार ,साधन श्रोत जिम्मेवारी बाट पन्छिने काम गर्नु भएन ,जनता हाम्रा हुन् केहि हुन दिनेछैनौं इमानदार भएर काम गर्दैछौं । नगरपालिकाकै सेरोफेरोमा रहेको वडा नम्बर ३ का वडाध्यक्ष भोजराज सिटौला लकडाउनको शुरूवात देखि नै सक्रिय भएर जनताको सुरक्षालाई महत्त्व दिएका छन् ।उनले आफै गाउँ-गाउँ र टोल-टोलमा माइकिङ गर्ने सचेत गराउने काम गर्दै आएका छन् स्थानीय युवा मदन बुढाथोकी भन्छन् वडा नम्बर ३ अलि बढी सुकुम्बासी बस्ती भएको र राहत बाढ्न निक्कै समस्या भएपनी सबैको सहकार्यमा सफल भएको बताउँछन् ।अध्यक्ष सिटौला सहित सदस्यहरु जोखिम मोलेर जनताको जीवन रक्षामा खटिएका छन् ।

प्रहरी र जनप्रतिनिधि जनताका सेवक भएका छन् ।बिचार नमिल्ल्ने पनि एक भएका छन् यो समाजका लागि सकारात्मक संन्देस पनि हो ।प्रहरी साथी र जनप्रतिनिधि अभिभावक वा सेवक उनीहरुको सहयात्राले जनतामा बिश्वासको पारो उच्च भएको छ।चुनावी बिज्ञापन गर्ने राजनीतिक दल सरकार र स्थानीय तहसंग सहयात्रा गर्न र लकडाउन प्रभाबकारी बनाउन आव्हान गर्दै छन् ।सत्तापक्ष र प्रतिपक्षी आफ्नो हिंसा ओगट्ने भन्दा पनि बिश्वमा भएको माहामारी आउन नदिन एकढिका भएका छन् ।जिन्सी या नगत स्थानीय सरकार ,प्रदेश,केन्द्र सरकार लाई विभिन्न माध्यमबाट सहयोग गरिरहेका छन् ।यस्ले सगरमाथा र गौतम बुद्धको देशलाइ सधै सुरक्षित रहन ठूलो मद्दत पुर्याउने छ।यो संकटमा हामी नेपाली बनौं अनि मात्र गरौ राजनीति,ब्यापार,ब्यबसाय र ब्यक्तिगत ,पारिवारिक सुख खोजौं रमाऔं कोरोना लाई जितौं फेरि पनि गोर्खालीको त्यो सान हामी संगै छ र हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)