Aamsanchar

सहारा नेपाल साकोसको तर्फवाट बिर्तामोड राहत कोषमा एक लाख ७१ हजार सहयोग

Author Image
आइतवार, चैत ३०, २०७६

बिर्तामोड । नाम अनुसारकै काम हाल कोराना महामारीमा परेर पिडा भगिरहेका विपन्न वर्गका लागि देशकै दोस्रो अग्रणी संस्थाको रुपमा परिचित सहारा नेपाल साकोस बिर्तामाड—२ चारपानेले बिर्तामोड नगरपालिकाको राहत कोषका लागि नगद हस्तान्तरण गरेको छ ।

आइतबार संस्थाका सहसचिव ज्ञानुनाथ मैनाली नेतृत्वको साकोस टोलीले बिर्तामोड नगरपालिकाको कार्यालयमै पुगेर कोरोना भाइरस राहत कोषमा नगद एक लाख ७१ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

गरिब तथा विपन्नवर्ग तथा विपत्तिमा रहेको सबै नगरबासीलाई खाद्यान्नमा सहयोग गुगोस भन्ने हेतुले लिईएको सञ्चालक सदस्य शंकर रिजालले बताए ।

नगरको तर्फबाट नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले बिर्तामोड नगरमा सबैभन्दा बढी रकम जम्मा गरेकोमा सहाराको प्रशंसा गरे । नगरका सहकारी प्रमुख डिल्ली दाहालले सहजीकरण गरेको कार्यक्रममा सहाराका सहयोग समिति संयोजक राम रोक्काले विपन्नलाई नगद सापटीदेखि आफ्नो कार्य क्षेत्रका सबै गाउँपालिका, नगरपालिका र १ नम्बर प्रदेशलाई समेत सहयोग गरिएको जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा सञ्चालक सदस्य अर्जुन चुँडाल, बिर्तामोड सेवाकेन्द्र प्रमुखहरू घनश्याम राय, चारपाने सेवाकेन्द्र प्रमुख जगत कर्की लगायतको उपस्थिति रहेको थियो । संस्थाले आजै झापाका सबै पालिकाहरूमा सहयोग गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर