Aamsanchar

अष्ट्रेलियामा रहेका बिद्ययार्थीको लागि २ लाख डलरको ‘कोभिड १९ एक्स्पर्ट’ कोष ’

Author Image
आइतवार, चैत ३०, २०७६

यतीवेला कोरोना प्रकोपको कारण लगभग विश्वनै आक्रान्त बनिरहेको छ त्यसमा अष्ट्रेलिया  पनि एक देश हो जहाँ नेपाल लगायत अन्यमुलुकबाट हजारौं बिद्ययार्थीहरु अध्ययनका लागि पुगेका छन ।
नेपाल लगायतका विभिन्न देशबाट शैक्षिक परामर्श दता कम्पनी मार्फत अष्ट्रेलिया पुगेका बिद्यार्थीहरुलाई कोरोना प्रकोपले प्रत्यक्ष असर पुर्याएको छ, उनिहरुको पढाई, पछी बचेको समयमा काम गर्दै आफ्नो जीवन चलाउदै आएका हरुको यतीवेला काम बन्द भएको छ उनिहरु संकटमा पर्ने सम्भावना धेरै छ ।  सबैले यस्तो वेलामा सहयोगको अपेक्षा गर्नु स्वभाविक पनि हो ।  आआफ्ना संरक्षक संस्थाहरुले जिम्मेवार बनेर उनिहरुको उचित व्यवस्थापनमा लाग्नु पर्ने हुन्छ सोही अनुरुप आफ्नो उत्तरदायित्व बहन गर्दै नेपालकै ठुलो परामर्शदाता कम्पनी एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले आफ्नो कम्पनी मार्फत नेपाल सहित अन्य मुलकबाट अष्ट्रेलिया गएका विद्यार्थीलाई सहयोग उपलब्ध गराउन ‘कोभिड–१९  एक्स्पर्ट’  राहत कोष स्थापना गरेको छ ।

विश्वब्यापीरुपमा फैलिएको कोरोनाभाइरसको महामारीबाट जनस्वास्थ्य र अर्थतन्त्रमा गहिरो प्रभाव पर्न गै सिंगो मानवजाति नै अहिले असहज परिस्थिती बाट गुज्रिरहेको अबस्थामा अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरुलाई पर्नसक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्यूनीकरण गर्न २ लाख डलरको ‘कोभिड–१९ एक्स्पर्ट’ राहत कोष स्थापना गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा भनिएको छ, कोरोनाभाइरसको महामारीबाट अस्ट्रेलियामा अध्ययनरत अन्तरास्ट्रिय विद्यार्थीका अविभावकहरु पनि अहिले प्रभावित भएको र यहां रहेका बिद्यार्थीहरुको रोजगारीमा पनि असर गरेको यथार्थलाइ पनि मध्यनजर गर्दै यो निर्णय गरिएको छ । एक्स्पर्ट एजुकेशन एंड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तरास्ट्रिय बिद्यार्थीहरु प्रति हाम्रो पहिलो दायित्व तथा अभिभावकत्व अनुभुत गर्दै यो कोषबाट १ लाख ५० हजार अस्ट्रेलियन डलर वहांहरुको सहयोगका लागि छुट्याइएको छ भने अन्य अन्तरास्ट्रिय बिद्यार्थीहरुको सहयोगमा क्रियाशील बिभिन्न सामाजिक संघसंस्थाहरु मार्फत सहयोग गर्नेगरी ५० हजार अस्ट्रेलियन डलर छुट्याइएको छ ।

अस्ट्रेलियामा अध्ययनरत अन्तर्रास्ट्रिय बिद्यार्थीहरुमा पर्नसक्ने प्रभाव न्यूनिकरणका लागि अस्ट्रेलियन सरकार र राज्यसरकारहरु अन्तर्गतका विभिन्न सरकारी एवं गैरसरकारी निकायहरु र शैक्षिक संस्थाहरुले ल्याएका विभिन्न कार्यक्रमहरुबाट बिद्यार्थीहरुलाई केहि हदसम्म भएपनि सहयोग पुग्ने हामीले विश्वास लिएकाछौं । साथै बिद्यार्थीहरुलाई पर्नसक्ने समस्याहरुका बारेका हाम्रो व्यवसायिक सम्बन्ध भएका शैक्षिक संस्थाहरुसंग आफ्नो तर्फबाट हामी नियमित परामर्शमा रही बिध्यार्थीहरुको तर्फबाट पैरवी गरिरहेको र बिद्यार्थीहरुलाई सहयोग र सुविधा प्राप्त हुने बारेका सूचना उपलब्ध हुनासाथ बिद्यार्थीहरुलाई जानकारी गराइरहेको र यसलाई निरन्तरता दिने प्रतिबद्दता पनि व्यक्त गर्दछौं ।

यो समय एकअर्कामा सहयोग, सद्भाव कायम गर्दै धैर्यतापुर्बक मानबिय भावनाका साथ अगाडि बढ्ने समय हो । सरकारी निकायहरुबाट जारि गरिएका नियम तथा संदेशहरुको पूर्ण पालना गर्दै यो महामारीबाट आफु र सिंगो समाजलाइ सुरक्षित राख्न आआफ्नो ठाउंँबाट पहलगर्न सबैमा हार्दिक अनुरोध पनि गर्दछौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर