
कनकाई । झापाको कनकाई नगरपालिकाको दुर्गापुरस्थित सामुदायिक भवन क्वारेन्टाइनमा राखिएका रहेका हरुको बसाँई १४ दिन पुरा भएपछी हिजो प्रदेश स्वास्थ्य कार्यालयबाट आएका स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य परिक्षण गरिएको छ ।

कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई जिल्ला जनस्वास्थ्य कार्यालय तथा विपद व्यावस्थापन झापाका सचिव जीवन चम्लगाईँ पत्रकारहरु लिलाराज झापाली, राम निरौला र विनोद पाण्डे लगायातको रोहवरमा भएको स्वास्थ्य जाँचमा क्वारेन्टाइनमा रहनुभएका सबै ६ जनाको रिर्पोट नेगेटिभ आएको जिल्ला विपद व्यावस्थापन समिति झापाका सचिव जीवन चम्लगाईले बताएका छन ।
अव उनीहरु सबैलाई अवको केहिदिन क्वारेन्टाइनमा राखि यसपछिपनि रिर्पोट नेगेटिभ आएमा सबैलाई केहिदिन होम क्वारेन्टाइनमा राख्नेगरि नगरपालिकाकै गाडीबाटै घर पठाउने तयारी गरिरहेको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले बताए । कनकाईमा यसअघि रहनुभएका ७ जना क्वारेन्टाइनबाट आआफ्नो घर गइसक्नुभएको उपप्रमुख मन्जु प्रसाईले बताईन ।
कनकाईको नगरपालिका–१, दुर्गापुरस्थित सामुदायिक भवनमा रहेका एक जनालाई भने स्वास्थ्य जाँचको लागि अंञ्चल अस्पताल मेचीमा लगिएककोमा उहाँको पनि रिर्पोट नेकेटिभ आएको छ । हाल कनकाईको क्वारेन्टाइनमा रहने सबैको अवस्था सामान्य रहेको कनकाई नगरपालिका स्वास्थ्य प्रमुख ब्रजेश मेहेत्ताले बताए ।



