Aamsanchar

लकडाउनले डामाडोल बने कृषक, २ सय बिघामा लगाईएको काँक्रा सखाब

Author Image
मङ्गलवार, वैशाख २, २०७७

कनकाई। कोरोना नियन्त्रणको लागि नेपाल सरकारले चैत्र ११ गते देखि एकै पटक दुई हप्ता र त्यसपछी हप्तै पिछे गर्दै लकडाउनलाई निरन्तता दिईदै ल्याएको छ । भातरमा दिन प्रतिदिन कोरोना संक्रमित र मृत्यु हुनेको खंख्या बढदै गएकोले नेपालमा खतरा बढेको भनेर सरकारले फेरी बैशाख १५ सम्मको लागि लकडाउन समय थप गरेको छ । लकडाउन बढदै जाँदा कृषकहरुले उत्पादन गरेको कृषिजन्य बस्तुको भने सर्वनाथ हुदैछ ।

झापाको शिवसताक्षी–५ का शिव मण्डल हिजोआज बेचैन छन् । कोरोना भाइरस (कोभिड–१९) फैलने खतराका कारण सरकारले लकडाउन गरेपछि उनको काँक्रा र खरबुजा बारीमै छ ।लकडाउन भएयता उनले न काँक्रा टिप्न पाए न टिपेको बेच्न नै । जसका कारण काँक्रा बारीमै कुहिएको छ । खरबुजा पनि केही दिनमा नटिपे बिग्रने अवस्थामा पुग्नेछ ।‘काँक्रा टिप्न बारी आउँदा पुलिसले लखेट्यो’ उनले भने, ‘न बजार खुल्छ, न त व्यापारी नै आउछन् ।शिवसताक्षी–६ का अर्का कृषक नरप्रसाद राजवंशीको व्यथा पनि उस्तै छ ।

अढाई बिघामा लगाएको काँक्रा र खरबुजा टिप्नु नपर्ने भएको छ । ‘विगतमा सिजनमा खर्च कटाएर कम्तिमा ५ लाख कमाउथ्येँ’ उनले भने, ‘यसपालि त लगानी समेत नउठ्ने भयो ।’शिवसताक्षी नगरपालिका ५ र ६ नम्बर वडाका दर्जनौँ कृषकले कन्काई नदीको किनारमा काँक्रा र खरबुजा खेती गर्दै आएका छन् । नदी आसपासको जमिन भएकाले त्यहाँका किसानले स्थानीय त्रिभुवन माविलाई ठेक्काबापत रकम बुझाउँछन् ।प्रतिबिगा १० हजारका दरले जमिनको ठेक्का तिर्दै खेती गर्दै आएका छन् । करिब २ सय बिगा जमिनमा कृषकले लगाएर काँक्रा र खरबुजा लकडाउनका कारण बारीमै कुहिन थालेपछि उनीहरु चिन्तित छन् ।

काँक्रा फल्ने मुख्य सिजन सुरुभएदेखि नै लकडाउन सुरु भएपछि बजार बन्द भए । जिल्लाको तरकारी बिक्री हुने मुख्य बजार बिर्तामोड र दमक हो । लकडाउनमा त्यहाँका कृषिथोक उपज पूर्ण बन्द छ ।विगतमा बारीमै काँक्रा र खरबुजा खरिद गर्न व्यापारी पुग्थ्ये । लकडाउनका कारण उनीहरुले पनि जोखिम मोल्न चाहेनन् । स्थानीय हाटहरुसमेत पूर्णरुपमा बन्द भएपछि कृषकका उत्पादन बारीमै थन्किएको हो ।‘हामीले हाम्रो उत्पादन मुख्य राजमार्ग आसपासका बजारमा लैजान लकडाउन सुरु भएदेखि माग गरेका थियौँ’ कृषक सुर्यप्रसाद राजवंशीले भने, ‘सुरुमा प्रहरी र जनप्रतिनिधिले चासै दिएनन्, अब अहिले सबै बन्द छ कहाँ लगेर बेच्नु ?’

स्थानीय जनप्रतिनिधि पनि ठूलो परिमाणमा उत्पादन गर्ने कृषकलाई समस्या भएको बताउछन् । लकडाउन सुरुवातका दिनहरुमा कृषकका उत्पादन अन्यत्र लैजान समस्या भएपनि अहिले त्यो अवस्था नरहेको शिवसताक्षी–६ का वडाध्यक्ष मनोज कार्कीले बताए ।‘स्थानीय बजारमा पु¥याउन हामीले सहयोग गरिरहेका छौँ’ उनले भने, ‘तर, ठूलो परिमाणमा उत्पादन गरेका किसानलाई भने वास्तवमै समस्या भएको छ, हामी यो विषयमा छलफल गरिरहेका छौँ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर