हल्दिबारी। झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा र्यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजेटिभ देखिएको भनेर सामाजिक सञ्जालमा हल्ला फैलिएपछि जनमानसमा त्रास बढेको छ ।
तर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन चम्लागाईका अनुसार हालसम्म ५४ वटा नमुना परीक्षण भइसकेको र सबै रिपोर्ट नेगेटिभ आएको बताएका छन् । चम्लागाईँले बेलुका ८ बजेसम्म परीक्षण गरिने जनाए ।
यद्यपि हालसम्म हल्दिबारी गाउँपालिकाका कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको र यदि त्यस्तो भेटिएमा जिल्लाले नै आधिकारिक जानकारी दिने पनि बताए ।
त्यसैगरी, गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन र वडाध्यक्ष त्रिलोचन सापकोटाले जिल्ला स्वास्थ्यकै सूचना आधिकारिक हो भन्ने पनि जनाए ।
अध्यक्ष लिङदेनले मानिसमा मनोवैज्ञानिक त्रास पैदा हुने हुँदा कुनैपनि आधिकारिक स्रोत विना यस किसिमका हल्ला नफैल्याउन पनि सबैमा आग्रह गरिन्छ ।