Aamsanchar

सहारा नेपालको राहत रकम सुनसरी, मोरङ तिर

Author Image
बुधवार, वैशाख ३, २०७७

मोरङ। सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाले सुनसरी मोरङका पालिकाहरुलाई राहत हस्तान्तरण गरिरहेको छ ।

कोभिड १९ संकट नियन्त्रणको लागि लागू गरिएको लकडाउनमा गरिब र विपन्नका परिवारलाई खाद्यान्न सहयोगका लागि ५० लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

लघुवित्त मोडलमा बचत तथा ऋणको कारोबार गरिरहेको संस्थाले विराटनगर महानगरपालिका, सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा, सुन्दरहरैचा रंगेली नगरपालिका, रामधुनी नगरापालिकालाई राहत सहयोग गरेको छ ।

सहारा नेपालले बुधबार बिपन्न परिवारका लागि खाद्यान्नका लागि विराटनगर महानगरपालिकालाई १ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । महानगरका मेयर भीम पराजुली र उप मेयर ईन्दीरा कार्कीलाई सहारा नेपाल साकोसका ईलाका प्रमुखद्धय ओम प्रकाश साह र यादव कुमार बस्नेतले चेक हस्तान्तरण गरे ।

सो अवसरमा मेयर पराजुलीले कोभिड—१९ सँग जुध्नका लागि सरकारी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । यसैगरि रङ्गेली नगरपालिकालाई ५० हजार रुर्पैयाँ को चेक नगरपालिकाको मेयर दिलिप कुमार अग्रवाललाई बुधबार नै हस्तान्तरण गरेको छ । साहारा नेपाल रङ्गेली सेवा केन्द्र प्रमुख अजित कुमार साहले चेक हस्तान्तरण गरेका हुन् ।

यस्तै मोरङ।गको ग्रमथान गाँउपालिकालाई २५ हजार मिक्लाजुङ गाउपालिकालाई २५ हजार बराबरको खाद्यान्न,उर्लाबारी नगरपालिकालाई ५० हजार नगद, पथरीशनिश्चरे नगरपालिकालाई ५० हजार हस्तान्तरण गरेको छ ।

यसैगरि साहाराले लेटाङ तथा बेलबारी नगरपालिका ५० ५० हजार नगद र केराबारी गाउपालिकालाई २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको सहार नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।

सहारा नेपालले इटहरी उप महानगरपालिकाका मेयर द्धारीकलाल चौधरीलाई १२ सय किलो चामल हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर