Aamsanchar

कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या कुवेतमा १४ पुग्यो

Author Image
बिहिवार, वैशाख ४, २०७७

कुवेत :  कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १४ पुगेको छ । बुधबारसम्ममा सङ्क्रमित नेपालीको संख्या १४ पुगेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

सङ्क्रमित सबैको स्वास्थ्य अवस्था स्थिर रहेको दूताबासले जनाएको छ । सङ्क्रमित नेपालीको स्वास्थ्य अवस्थाबारे कुवेतको स्वास्थ्य मन्त्रालयसँग दूतावासले नियमित जानकारी लिईरहेको छ ।

कुवेतमा अहिलेसम्म १४ सय ५ जनामा कोरोना सङ्क्रमण भएको छ । २ सय ६ जना उपचारपछि निको भएका छन्, ११ सय ९६ जनाको अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको कोरोनाको कारण ज्यान गएको छ ।

जंगली तथा घरपालुवा पशुपंक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहन, आफू बिरामी परेको बेलामा घरमा छुट्टै कोठामा बस्न तथा ज्वरो, रूघा, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए २४९७०९६७ नम्बरमा सम्पर्क गर्न र आफ्नो अवस्थाबारे जानकारी गराउन दूताबासले अनुरोध गरेको छ साथै कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्न भनेको छ ।

लकडाउन तथा कर्फ्यू लागेका बेला लामो समय घर भित्र रहँदा आफूलाई स्फूर्त राख्न व्यायाम तथा योगा गर्न, गीत, संगीत, साहित्य सिर्जना जस्ता रचनात्मक कार्य गर्न दूतावासले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर