Aamsanchar

जनप्रतिनिधी संग छलफलनै नगरी, तातोपानी नाका खोलेपछि स्थानीयको विरोध

Author Image
बिहिवार, वैशाख ४, २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तोतोपानी नाका खोलेपछि स्थानीयले विरोध गरेका छन् । अत्यावश्यक सामग्रीभन्दा अन्य सामग्री ल्याउन खोजिएको आरोप लगाउँदै स्थानीयले बुधबार सीमाक्षेत्रमा आन्दोलन गरेका हुन् ।

मंगलबार मितेरी पुलमा नेपाल र चीनका प्रशासन, भन्सारदेखि अधिकारी सुरक्षाकर्मीबीच भएको छलफलले खाद्यान्न, स्वास्थ्य सामग्री आयात, २० जनालाई मात्रै सवारी पास दिने निर्णय भएको थियो ।

जनप्रतिनिधिलाई खबर नै नदिई गरिएको छलफलपछि संशकित बनेका स्थानीय आन्दोलनमा उत्रिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । चीनबाट आवश्यक परीक्षण सकेर १९ बाक्सा मास्क र १० बाक्सा सेनिटाइजर नेपाल भित्राउँदै तातोपानी नाका खोलिएको थियो ।

विश्व स्वास्थ्य संगठनअर्न्तगतको मापदण्ड बमोजिमको हेल्प डेस्कको मेडिकल सेटको तयारी सकेर आवश्यक मेडिकल सामग्री मात्रै ल्याउने निर्णयमा जनप्रतिनिधिले गरेका थिए ।

मंगलबार चीनको न्यालमका प्रमुख जिल्ला अधिकारी फिङ ल्यवी, नाका अधिकारी पुबु किरेन, न्यालम कस्टमका चिफ अफिसर छिङ गङ, न्यालम भन्सारका प्रमुख अधिकृत सेन च्वानेगाइङ्गसहित ७ प्रहरी अधिकारीले नेपालका प्रशासन र प्रहरीका प्रतिनिधिसँग छलफल गरेको थियो ।

नेपालतर्फका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल,भन्सार अधिकृतदेखि सुरक्षाकर्मी सामेल भएपनि जनप्रतिनिधिलाई छिर्न समेत नदिइएपछि सीमाक्षेत्रका जनप्रतिनिधि रुष्ट बनेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर