Aamsanchar

मेची अस्पताललाई दुई रोटरीले दिए गुणस्तरिय पीपीई

Author Image
शुक्रवार, वैशाख ५, २०७७

बिर्तामोड । महामारीको रुपमा विश्वमा फैलिएको कोरोना भाइरसको असर नेपालले पनि भोगी रहेको छ । स्वास्थ्य उपकरण अभाव भई रहेको वेला झापाको भद्रपुरस्थित मेची अस्पताललाई दुई रोटरी क्लव मार्फत आधा दर्जन उच्च गुणस्तरीय पीपीई सेट प्राप्त भएको छ । स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचार सेवामा लाग्न सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लव अफ विर्तामोड र रोटरी क्लव अफ भद्रपुरले शुक्रवार संयुक्त रुपमा अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. पीताम्बर ठाकुरलाई पीपीई सेट हस्तान्तरण गरेका हुन् ।

रोटरी डिस्ट्रिक्ट ३२९२ ले उपलब्ध गराएको पीपीई सेट, १० लिटर स्यानिटाइजर र ५ सय थान सर्जिकल मास्क प्रदान गरिएको रोटरी क्लव अफ विर्तामोडका प्रेसिडेन्ट इलेक्ट निर्मल भट्टराईले बताए । सामाजिक दूरीलाई कायम राख्दै मेची अस्पताल पुगेका रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष टीकाराज ढकाल, विर्तामोडकी अध्यक्ष निकिता गिरी, दुबै क्लवका पूर्व अध्यक्षहरु र वर्तमान कार्यसमितिका पदाधिकारीहरुले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको पनि उपस्थिति थियो ।

वेलायतमा निर्मित पीपीई सेटमा गाउन, चश्मा, जुत्ता रहेको र एक सेटको मूल्य १७ हजारदेखि २५ हजारसम्म पर्ने रोटरी विर्तामोडकी अध्यक्ष गिरीले जानकारी दिइन् ।सामाजिक सेवामा समर्पित रोटरीले हालको संकटको बेला विभिन्न अस्पतालमा स्वास्थ्य सामग्री र विपन्न वर्गका मानिसलाई रहतका लागि स्थानीय तहहरुमार्फत खाद्यान्न र नगद सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर