Aamsanchar

शेष घलेले बिद्यार्थीको लागि छुट्याए १० लाख डलर

Author Image
शनिवार, वैशाख ६, २०७७

काठमाडौं । कोरोना भाईरस महामारिका कारण यतीवेला विश्वलाई तहसनहस पारिरहेको छ । धेरैले खान पाएका छेनन दैनिक जीवन नराम्ररी प्रभावित बनेको छ । अझ एक देश देखि अर्को देशमा अध्यन्नका लागि आउन, जाने विद्यार्थीको समस्या कष्टकर बन्दै गएको अबस्थामा  गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवम् अर्बपति डा।शेष घले र उनी पत्नी जमुना घलेले सञ्चालन गरेको मेलबर्न इन्स्च्यिुट अफ टेक्नोलोजी (एमआइटी) कलेजले कोरोना महामारीबाट प्रभावित विद्यार्थीहरुका लागि १० लाख डलरको सहयोग कोष स्थापना गर्ने भएको छ ।

एमआइटी कलेजले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विदेशी विद्यार्थीहरुको सहयोगार्थ उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषमा जम्मा गरिएको रकम सोही कलेजमा एमआइटी अध्ययनरत विद्यार्थी वा फेडेरल युनिभर्सिटीको कोर्ष एमआइटीम अध्ययनरत विद्यार्थीहरुका लागि सहयोग गरिने जनाइएको छ ।

कोरोना महामारीका कारण समस्यामा परेका विदेशी विद्यार्थीहरुलाई लक्षित गरेर स्थापना गरिएको सो कोषमार्फत ५ सय डलरसम्म सहयोग गर्न सकिने कलेजले विज्ञप्तिमार्फत जानकारी दिएको छ । कलेजमा अहिले ४ हजारभन्दा बढी अध्ययनरत रहेका छन् । घले दम्पतिले स्थापना गरेको उक्त कलेज अष्ट्रेलियाको राम्रो कलेजमा गनिन्छ । त्यसैगरी यस अघि अष्ट्रेलियामा रहेको एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसले पनि आफ्ना विद्यार्थीहरुको लागि दुईलाख डलरको सहयोग कोष स्थापना गरेको घोषणा गरिसकेको छ ।

घले केही वर्षअघि अष्ट्रेलियाको अर्बपति क्लबमा प्रवेश गरिसकेका छन् । अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीका अनुसार  सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८७ करोड ६० लाख डलर सम्पत्तिसहित ८१ औँ स्थानमा परेका छन ।

घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो । एक वर्षमै उनीहरुको सम्पत्ति झण्डै ३५ प्रतिशतले बढेको छ । यो बिवरण सन् २०१८ को हो ।

अष्ट्रेलियाको मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापकसमेत रहेका घलेको शिक्षा तथा रियल स्टेट लगायतका उद्योगमा लगानी रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 314

प्रतिक्रिया (०)

सम्बन्धित खबर