Aamsanchar

भारतमा कोरोना संक्रमणको कारण प्रहरी अधिकारीको मृत्यु

Author Image
शनिवार, वैशाख ६, २०७७

काठमाडौं । भारतमा फैलिदै गएको कोरोना भाइरसको कारण पञ्जाबमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको हो । उनी ओपोलो अस्पतालमा भर्ना भएका थिए ।

उनलाई लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा थेरापी दिने तयारी गरिएको थियो । तर, यो प्रक्रिया सुरु हुनुपूर्व नै उनको मृत्यु भएको हो । पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एसीपी अनिल कोहलीको मृत्युमा दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले केही दिनअघि मात्र एसीपीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर