Aamsanchar

लकडाउनको समयमा डिजनी प्ले स्कूलको ऑनलाइन कक्षा

Author Image
सोमवार, वैशाख ८, २०७७

लकडाउनले विश्व सबै घरभित्रै बसिरहेको छ, र बढ्दो छ डिजिटल प्रविधिको प्रयोग । स-साना बच्चाहरु र उनीहरुको प्रारम्भिक बालबिकास यस लकडाउनले प्रभावित हुने निश्चित छ, यतिमात्र हैन कि सबैजना बिधार्थी र हरेक उमेर समुहका मान्छेहरु यसबाट प्रभावित भइरहेका छन् । बालबालिकाको कलिलो मष्तिष्क अनि बिकास क्रममा रहेका धारणा, बुझाई, सीप, प्रत्यूत्तर गर्ने क्षमता, समन्वयात्मक तथा संवेगात्मक बिकासमा यस लकडाउनको प्रत्यक्ष प्रभाव पर्नेछ ।

देशले नयाँ शैशिक शत्र २०७७ प्रवेश गरेपनी लकडाउनको कारणले देशका सबै शैक्षिक संस्थानहरु बन्द रहेका छन्। यसै क्रममा झापाको बिर्तामोडमा रहेको डीपीएस एजुकेशन फाउंडेशन (डिजनी प्ले स्कूल)को अनलाइन कक्षा संचालनमा आएको छ। बिधालयले अनलाइन कथावाचन र कक्षामार्फत आफ्ना बिधार्थीहरु मात्र नभई ईच्छुक सबै बिधार्थीहरुलाई शिक्षा, सन्देश र ज्ञानहरु दिने उदेश्यले अनलाइन कक्षा संचालनमा ल्याएको हो ।

प्रकृतिमा आधारित सिकाईमा बिगत १३ वर्ष देखी संचालित यस बिधालयले यसअघि आफ्ना बिधार्थीहरुलाई खुला ठाँउ, प्राकृतिक वातावरण र धारणामा आधारित शिक्षा दिइरहेको छ ।
लकडाउनको बेला विधार्थीहरु घरमा नै बस्नुपरेकाले बिद्यालयले अनलाइन कक्षाहरु संचालनमा ल्याएको छ ।

बिद्यालयको आधिकारिक पेजमा गएर आफ्नो सम्पर्क जानकारी दर्ता गराएर यसको सेवा लिन सकिन्छ । दर्ताको लागी यो लिंकमा  जान सकिन्छ ।

https://www.facebook.com/disneyplayschool

लकडाउनमा आफ्ना बालबच्चाहरुसंग सकेसम्म धेरै र अर्थपूर्ण समय बिताउनुहोस्, र अनलाइनको मार्फत भए पनि नियमित शिक्षा प्रदान गर्नुपर्छ। बालबालिकाहरुले अभिभावक भन्दा पनि शिक्षक, शिक्षिकको कुरा सहजै मान्ने भएकाले यस्तो कक्षाले आजको परिस्तिथिमा विद्यार्थिहरुलाई नियमित शिक्षाको बाताबरण सृजना गर्न अनलाइन कक्षा संचालनमा ल्याईएको विद्यालयकी संस्थापक निर्मला जोशी (शर्मा) बताउछिन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)