Aamsanchar

अभाव र समस्याले आजित सर्वसाधारणबाट लकडाउन उलंघन, कोटेश्वरबाट विभिन्न जिल्ला तिर लागे सयौं मानिस

Author Image
मङ्गलवार, वैशाख ९, २०७७

काठमाडौँ : राजधानीको कोटेश्वरमा लकडाउनको उल्लंघन गर्दै हजारौँ मानिसहरु सडकमा निस्किएका छन्। कोटेश्वरमा दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायत जिल्लामा जान सर्वसाधारण र गाडीको ताँती लागेको थियो ।

सर्वसाधारणको भीड सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएको छ। मंगलबार दिउँसैदेखि राजधानीका विभिन्न भागबाट थुप्रैको संख्यामा यात्रुहरु कोटेश्वरमा जम्मा भएर बस चढिरहेका छन्। ती बसहरु गाउँबाट व्यवस्था गरेर पठाइएको बताइएको छ।

Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर