Aamsanchar

बाहिरबाट आउने फलफुल तथा तरकारी दमक भित्र प्रवेशमा प्रतिबन्धको तयारी

Author Image
बुधवार, वैशाख १०, २०७७

दमक । नेपालमा कोरोना संक्रमणको संख्या लक डाउनलाई अझ कडाई र बाहिरबाट आउने तरकारी प्रतिबन्धको तयारीमा दमक नगरपालिका लागेको बताईएको छ ।

यस बिषयमा नगरपालिकाको बोर्ड बैठकमा छलफल भएको एक बोर्ड सदस्यले प्रभावकारी न्यूजलाई जानकारी दिएकाछन् ।

उनका अनुसार हप्तामा एक वा दूइदिन बजार खुला गर्ने भन्ने बिषयमा पनि राजनीतिक दल तथा सरोकारवालाहरुसंग छलफल गरेर बुधबार नगरपालिकाले निर्णय लिने तयारी गरेको छ । भारत तथा बाहिरबाट आउने फलफुल तथा शब्जिका कारण जोखिम निम्तन सक्ने भएकाले स्थानीय उत्पादन बाहेकलाई प्रतिबन्ध लगाउन नगरपालिकाले छलफल अघि बढाएको बताईन्छ ।

यस बिषयमा निर्णय भने भएको छैन । दमक उद्योग बाणिज्य संघले पनि कम्तिमा पनि हप्तामा ३ दिन लगातर बजार बन्द गर्न सुझाव दिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 472

प्रतिक्रिया (०)

सम्बन्धित खबर