काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउनका बेला अनौपचारिक ढंगले अध्ययन अध्यापन गराउने भएको छ । आज एक विज्ञप्ति जारी विश्वविद्यालयले सो जानकारी दिएको हो । लकडाउनका बेला कसरी अनौपचारिक ढंगले कसरी अध्ययन अध्यापन गराउन सकिन्छ र भावी कस्तो विधि अप्नाउनुपर्ला भनेर विश्वविद्यालयले भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.विनिल अर्यालको संयोजकत्वामा अध्ययन समिति समेत निर्माण गरेको छ । त्रिविले रोकिएका परीक्षाहरु सहज वातावरण भएपछि सुचारु गर्ने समेत जनाएको छ ।
वैकल्पिक विधि प्रयोग गरेर अध्ययनलाई अघि बढाउने भएकोले सबै विद्यार्थीहरुलाई आफ्नो विभाग र क्याम्पसमा सम्पर्कमा रहन समेत सूचित गरेको छ । विश्वविद्यालयले इन्टरनेटको माध्यामबाट अध्ययन अध्यापनलाई अघि बढाउने समेत जानकारी दिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 78