Aamsanchar

नेपालमा कोरोना संक्रमितको संख्या ४५, निको हुनेको संख्या ७ पुग्यो

Author Image
बुधवार, वैशाख १०, २०७७

झापा। उदयपुरमा थप तीन जनामा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरू उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य रहेको मन्त्रालयले जनाएको छ । आज कोरोना सङ्क्रमित भएका तीन जना मध्ये २ जना विराटनगरका रहेको र १ जना भारत दिल्लीबाट उदयपुरमा जमातीको रुपमा पुगेको बताइएको छ । आज संक्रमित भएकाहरु २४, ६० र ७२ वर्षीय पुरुष रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संखया ४५ पुगेको छ ।

निको हुनेको संख्या ७ पुग्यो

थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् । बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन् । उनी चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा नेपाल आएका थिए ।

पीसीआर परीक्षका क्रममा कोरोना पुष्टि भएपछि उनी चैत १२ गते भर्ना भएका थिए । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि लाई बुधबार नै डिस्चार्ज गर्ने निर्णय भएको थियो । तर आफन्तहरु लिन आउन नभ्याएपछि घर जान पाएनन् ।

यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको बेदकोट नगरपालिका(९ सुन्दरपुरका ईन्द्रबहादुर बिक पनि निको भएर घर फर्किएका छन् । तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि उनी घर फर्किएका हुन् । चैत २१ गते उनको थ्रोट स्वावको नमूना परीक्षण गर्दा पोजेटिभ आएपछि २२ गते उनलाई सुन्दरपुरबाट धनगढी ल्याइएको थियो ।

उनीसँगै कैलालीका स्थानीय महिलासहित अन्य दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसअघि विदेशबाट आएका एक जनामा संक्रमण भएको थियो । संक्रमित मध्ये कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उप-महानगरपालिका-५ का ३४ वर्षीय अमृत शाहीलाई निको भएर घर फर्किसकेका छन् ।

अब सुदूरपश्चिमका ४ संक्रमित मध्ये एकजना महिलाको मात्रै उपचाररत छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)