माथी प्रकाश होस्, विचमा वस्तु होस् अनि छाँया त बन्छ नै, कि कसो रु हो यसै छाँया अनि वस्तुको अवस्थितीलाई ध्यानमा राखेर विश्व भरि कागज अनि अन्य वस्तु, विचार अनि शब्दाशंहरुको प्रतिलिपि या छाँया लिपि वनाउने चलन छ । सामान्य भाषामा हामी कपी, या फोटोकपी या जेरोक्स भन्दछौ, आज अप्रिल २३ का दिन विश्वले पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाउदछ, आउनुहोस हामी पनि यसै सेरोफेरोमा बात मारौ ।
कार्यलय अनि अध्यन संकायहरु अगाडी हुल देखिन्छ, मानिसहरुको । यस्तै हुल छ विदेश जाने लाईनमा भएकाहरु, कामकाजी हरु अनि अन्य धेरै जनाको । कागजपत्रको फोटोकपी गर्न र यो कपी अर्थात फोटोकपीको सहजता सँगै वढ्दै गएको छ वैचारीक अनि शब्दाशं चोरीगर्ने क्रम ।
फेसबुकका स्ट्याटस, विचार, लेख, कथा, कविता अनि नाटक चोर्ने क्रम सामान्य भईसकेको छ, हैन र रु तर एउटा लेखकका हेतुले तिनै विचारहरु मन्थनकालागी हाम्रो दिमागी लगानी र ती विचार प्रतिको हाम्रो स्वामीत्व कपी पेष्ट र फोटोकपी गर्ने चलनले ह्रास आँउदै गएको छ । पुस्तकको दायरालाई फराकीलो पार्ने हो भने कागजी अभिब्यक्तिलाई पुस्तकका रुपमा लिन सकिन्छ किनभने पुस्तक को मोटाई, गोलाई, रगं अनि कागजको गुणस्तर भन्दा पनि त्यसमा लेखिएको शब्द, विचार र प्रतिबिम्बको महत्व वढी हुन्छ । स्मरण गरौ, विश्वमै सर्वाधीक विक्रि भएका पुस्तकहरुपनि एक समयमा सादा कागजका सेता र सरल पाण्डुलिपि मात्र हुन् । लेखन एउटा एतिहासिक ब्यवसाय र समाज सेवाको स्वरुप हो, समाज जागरणको शिलास्तम्भ हो । वाल्मीकी देखि वेद ब्यास सम्म, शेक्स पियर देखि वर्डस वर्थ सम्म, म्याक्सीम गोर्की देखि चेकभसम्म लेखकले समाजलाई समाजकै एैना देखाईदिएका छन् ।
नेपाली परिवेशका यूगकवी मोतीराम भट्टलाई आज संझना गर्न चाहयौ जो विना आदिकवी भानुभक्तका धेरै कृतीहरु हामीमाझ आउने थिएनन । उन्को निस्वार्थ भाव र लेखक या सर्जक प्रतिको सम्मानले नै भानुभक्त आज भानुभक्तका रुपमा हामीमाझ छन् । सर्जकलाई श्रृजनाको अधिकार दिनुनै आजको दिनको उदेश्य हो । मुलभुत रुपमा कागजी, वैचारीक र अभिब्यक्ति का कुराहरु आजका दिनले सम्बोधन गर्दछ ।
शब्द किन्ने र चोर्ने नभईकन शब्दको सम्मान गर्न सिक्नु पर्दछ, शब्द त केवल भावनाको प्रतिरुप हो र भावनाको किनवेच अक्षम्य र असंभवप्राय छ । सबैजना पाठकलाई नमन गर्दै सर्जकलाई सम्मान गर्दछ, हाम्रो पात्रोले आजको दिन ।
कसैको विचार साभार गरेर लेख्दैमा हामी साना हुदैनौ नि, हैन र रु त्यसमाथी विश्व साहित्यका विभिन्न कृतीहरुलाई अनुवाद गर्दै आआफ्ना भाषामा उतार्न पनि एउटा कला हो, लेखक लाई साभार गर्दै अनुवाद गर्नु भन्दा पनि सोझै आफ्नै नाममा सर्जकको खाता खोल्नु राम्रो हैन । प्रतिलिपि अधिकार र विश्व पुस्तक दिवसले यिनै कुराहरुलाई पनि याद गराँउछ ।
विश्व साहित्यमा २३ अप्रिल एउटा महत्वपूर्ण दिवस हो, सन् १६१६ मा आजकै दिन शेक्सपियर अनि गारसिलासो डेला भेगा जस्ता यूगान्कारी लेखक र साहीत्यकारको मृत्यू भएको थियो । यूनेस्को ले सन् १९९५ को आफ्नो साधारण सभाको वैठकमा एप्रिल २३ लाई विश्वभरिका लेखक लाई प्रेरित गर्न, लेखनलाई उत्साहीत गर्न र लेखकहरुको सम्मानस्वरुप विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस प्रस्ताव र स्वीकृत गरेको हो ।
आजको दिन त्रीपक्षीय रुपमा दायित्व वोध गर्दै मनाईन्छ, प्रकाशक, विक्रीकर्ता र पुस्तकालयहरु । यिनै तिन पक्षहरुनै मुलभुत रुपमा पुस्ततक र पाठक विचका सेतुहरु हुन् । आजको दिन पठन, देखन अनि प्रतिलिपिको अधिकार र सिमाका वारेमा विश्वभरिनै जानकारी गराईन्छ । पुस्तकहरु मानिसका अनन्य मित्रहरु हुन्, पढ्ने चलन नघटोस । पुस्तकालय अगाडीको पाठकको सख्याँ नघटोस अनि लेख्नेलाई लेखेर खान सक्ने र चिनिन सकिने वातावरण श्रृजना होस् ।
सुन्नेलाई सुनको माला, पढ्नेलाई फुलको माला
प्रतिलिपि अधिकार र पुस्तक दिवसको विश्वलाई शुभकामना