Aamsanchar

दमकमा दुई जनामा कोरोना आशंखा, पीसिआर परिक्षण गर्न धरान पठाइयो

Author Image
बिहिवार, वैशाख ११, २०७७

दमक। झापाको दमकमा आज ७ जनामा कोरोना भए नभएको पत्ता लगाउन गरिने प्रारम्भिक चरणको र आरडीटी परिक्षण गरिएको छ । ती मध्ये एक जनामा पोजिटिभ देखिएपछि पीसिआर परिक्षणका लागि धरान नमुना संकलन गरि उनीसहित अर्का एक जनाको नमूना धरान पठाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आज जारी गरेको प्रेस बिज्ञप्तीमा जनाइए अनुसार आज नगरका ३ स्थानमा रहेका क्वारेन्टाइनहरुमा कुल ४१ जनालाइ राखेर उनीहरुको स्वास्थ्य अवस्था बारे निगरानी जारी राखिएको छ ।

ती मध्ये दमकको जामे मस्जिदमा १४, मानसरोवरको क्वारेन्टाइनमा २१ र बाकी दाहाल प्रतिस्ठानको क्वारेन्टाइनमा रहेका छ्न । जामे मस्जिदमा यश अघि क्वारेन्टाइन स्थापना भएको सार्वजनिक गरिएको थिएन । त्यहा राखिएका १४ जना दमक बाहिरबाट ल्याइएको भन्दै स्थानीयहरुले भने गम्भीर आपत्ति जनाउदै आएका छन् । तर नगरपालिकाले भने उनीहरुलाइ अन्यत्रबाट ल्याएर यश अघि निर्धारण गरिएको क्वारेन्टाइनस्थलमा नलगि छुट्टै राख्नुपर्ने कारण स्पष्ट पारेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर