Aamsanchar

जारी भएको हप्ता दिन नपुग्दै दुई अध्यादेश खारेज

Author Image
शुक्रवार, वैशाख १२, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि प्रमाणीकरण गरेको दुई अध्यादेश खारेज गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् । उनले संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम अध्यादेश खारेज गरेकी हुन् । गत सोमबार राष्ट्रपतिले सोही अध्यादेश सरकारको सिफारिसमा प्रमाणीकरण गरेकी थिइन् ।

तर चौतर्फी विरोधपछि सरकारले शुक्रबार नै अध्यादेश फिर्ता गर्ने निर्णय गरेको थियो ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर