Aamsanchar

शुलभ मुल्यमा सामान लिएर मेची उद्योग बाणिज्य संघ उपभोक्ताको घर घरमा जाने

Author Image
शुक्रवार, वैशाख १२, २०७७

काँकरभिट्टा  । लकडाउनको मौका छोपेर व्यपारीले दैनिक उपभोग्य सामग्रीमा मुल्य वृद्धी नगरुन र उपभोक्ताले समेत सर्वसुलभ मुल्यमा उपभोग्य सामग्री प्राप्त गरुन भन्ने उदेश्यले मेची उद्योग बाणिज्य संघ मेचीनगरले आफै घरदैलो अभियान शुरु गरेको छ ।

देशको विषम परिस्थितीमा उपभोक्ताहरुले खाद्यन्नको अभाव व्योहोर्नु नपरोस र बिचौलियालाई निस्तेज पार्न मेची उद्योग बाणिज्य संघले सुलभ मुल्यमा उपभोज्ञ बस्तु घर घरमा पुर्याउने तयारी गरेको हो । यतीवेला संकटलाई अबसर बनाएर कमाउ धन्दामा लागेका बिचौलिया र केही खुद्रा व्यापारीले प्रतिकेजी ८० पर्ने चिनीलाई १ सय २० रुपैया पुर्याएका छन ।  त्यसैगरी सबै बस्तुमा मुल्य बढाएको पाईएपछी  संघले उपभोक्ताको हितको लागि घरदैलोमै  पुगेर शुलभ मुल्यमा खाद्य  लगायतका दैनिक उपभोग्य सामाग्री बिक्री गर्ने निर्णय गरिएको मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।

भोली देखि मेचीनगरका दुर्घम क्षेत्रहरुमा सो सुविधा उपलब्ध गराउने बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 292

प्रतिक्रिया (०)

सम्बन्धित खबर