Aamsanchar

शैक्षिक क्षेत्रबाट पनि बिर्तामोड कोरोना रोकथाम कोषमा सहयोग प्रदान

Author Image
शुक्रवार, वैशाख १२, २०७७

बिर्तामोड ।  झापाको बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापना कोषलाई तक्षशिला एजुकेशन फाउण्डेशन बिर्तामोडले ५१ हजार रुपैयाँ प्रदान गरको छ ।

फाउण्डेशनकी अध्यक्ष पूजा गिरी तथा प्रिन्सिपल श्रद्धा गिरी (बोहोरा)को अध्यक्षतामा वसेको वैठकको निर्णय अनुसार शुक्रवार फाउण्डेशनका सञ्चालक दीपक गिरी र मनिष गिरीले नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोषका लागि रकम हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिले ८ वटा बिद्यालयबाट संकलित २ लाख ९० हजार ९ सय ५८ रुपैयाँ कोषलाई प्रदान गरेको छ । बिर्तामोडको देवी मावि, महेन्द्र रत्न मावि, मोहनमाया मावि, वीरअमरसिंह प्राविधिक मावि, सरस्वती मावि, साङ्गवेद संस्कृत मावि, लक्ष्मी आधारभूत बिद्यालय र चरमधाप आधारभूत बिद्यालयबाट रकम संकलन गरी हस्तान्तरण गरेको हो । महासंघका नगर अध्यक्ष युवराज कट्टेलले नगर प्रमुख शिवाकोटी र प्रशासकीय अधिकृत पशुपति खतिवडालाई रकम हस्तान्तरण गरेका थिए ।

नगरले स्थापना गरेको कोषमा नगद र बस्तुगत सहयोगसहित एक करोड १४ लाख ८२ हजार ४ सय २ रुपैयाँ जम्मा भएको छ भने नगरको ५० लाखसहित कोषमा  एक करोड ६ लाख ८९ हजार ४ सय २ रुपैयाँ जम्मा भएको नगरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)