Aamsanchar

राहत वितरण स्थलमा लाप्पा पर्दा प्रहरी घाईते

Author Image
शुक्रवार, वैशाख १२, २०७७

नवलपरासी ।देशका विभिन्न स्थानिय तहले वितरण गरेको राहत वितरण प्रक्रिया सन्तोषजनक नभएको भन्ने गुनासा चौतर्फी आईरहेको वेला  पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा स्थानीय तहले राहत वितरण गर्दा विवाद उत्पन्न भएपछि प्रहरीमाथि आक्रमण भएको छ । रामग्राम वडा नं. १७ देवगाँवमा भएको राहत वितरणमा विवाद भएपछि झडप भएको हो । झडपमा परेर प्रहरी सहायक निरीक्षक (असई)को टाउकोमा चोट लागेको छ । झडपमा गोबरैया प्रहरी चौकीमा कार्यरत असई चामबहादुर ओलीको टाउमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक लालमणि आचार्यले बताए ।

नगरपालिकाले बुधबारदेखि वडा कार्यालयमार्फत विपन्नहरुलाई राहत वितरण सुरु गरेको छ । शुक्रबार उक्त वडामा राहत वितरण भईरहँदा स्थानीयवासीको एक समूहले गाउँभरी राहत नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी खोल्न पुगेको प्रहरीसँग ८÷१० जनाको समूहमा रहेका स्थानीयले आक्रमण गरेको प्रहरीले जनाएको छ । सो झडपमा क्रिकेटको ब्याट प्रहार गर्दा असई ओलीको टाउकामा चोट लागेको जिल्ला प्रहरी कार्यालय जवलपरासीले जनाएको छ । असइमाथि आक्रमण गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमण गर्ने एक महिलासहित ४ जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर