Aamsanchar

लकडाउन अझै एक हप्ता थप गर्न सिफारिस

Author Image
शनिवार, वैशाख १३, २०७७

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति अन्तर्गतको कार्यदलले लकडाउन एक हप्ता बढाउन सिफारिस गरेको छ ।

मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलको शनिवार बसेको बैठकले लकडाउन एक हप्ता बढाउन उच्च स्तरीय समितिमा सिफारिस गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार दिउँसो बसेको बैठकले लकडाउनको मोडालिटी टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो । यसअघि आजै बसेको उच्चस्तरीय समितिको बैठकले समेत लकडाउन खोल्न उपयुक्त अवस्था नबनेको निष्कर्ष निकालेको थियो । बैठकले आन्तरिक तथा वाह्य हवाई उडानलाई जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

त्यस्तै कार्यदलले पनि नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता थप गर्न सिफारिस गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर