Aamsanchar

प्रदेश १ मा २९ जना कोरोना सङ्क्रमित

Author Image
शनिवार, वैशाख १३, २०७७

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पिसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमूना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ । तीमध्ये २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् । उनीहरुमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ । दू्रत परीक्षण विधि ९आरडिटी० बाट जम्मा चार हजार १ सय ६० जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६ सय ७६ महिला र तीन हजार ८ सय ८४ पुरुष छन् ।

यता प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या एक हजार १ सय ६३ पुगेको छ । ४३ जना डिस्चार्ज भएको र आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० छन् । होम क्वारेन्टाइनमा ९ सय ३ महिला र चार हजार ४ सय ८४ पुरुष गरी कूल पाँच हजार ३ सय ८७ बसिरहेका छन् ।

कोरोना जनसुरक्षा कोषमा २८ करोडभन्दा बढी

प्रदेश नं १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल २८ करोड ७८ लाख ८६ हजार रुपैयाँ जम्मा भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

कोषमा प्रदेश सरकारले पहिलो चरणमा १० करोड रुपैयाँ र दोस्रो चरणमा १५ करोड रुपैयाँ जम्मा गरेको कोषमा विभिन्न सङ्घसंस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए ।

कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड छ लाख रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर