माथी आकाशमा
बादलहरु उड्दथे
जूनको उज्यालो फैलिन्थ्यो धर्तीमा
एउटा नयाँ बिहानी छाउन्थ्यो मेरो स्वर्गमा
म कति नाचीदिन्थे
त्यो माधुर्यतामा
माथी माथी आकाशमा
म आफ्नो संसार बनाउथे
त्यो घरको बगैंचामा
म लुकामारी खेल्थे र , झ्याउँकिरीले
मलाई गिजाउँथे हो,
मलाई कस्तो कस्तो लाग्थ्यो
माथी माथी आकाशमा
पुग्थे र जून लाई छुन्थे र
बादलुमा चढेर
म माथी माथी जान्थे
अनि मलाई अर्कै अर्कै लाग्थ्यो
म आकाशमा सफर गर्थे र
म चन्द्रमा को शितलता अनुभुती गर्दथे
आकाशमा स्वतन्त्र भएर
कुनै बन्धनमा न परेर
मेरो मनको स्वर्ग हेर्थे र
म बिस्तारै बिस्तारै फर्किएर
आइपुग्थे स्वर्ग जस्तै मेरो धर्तीमा ।
अमित संग्रौला बिर्तामोड हाल दुबई
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 781