
काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस को संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।

पछिल्लो समय स्थानीय तहहरुले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरु गाउँमा लगेका छन् । विराटनगर महानगरपालिकाले अलपत्र परेकाहरु भन्दै ७ वटा गाडीमा १६० जनालाई काठमाडौं उपत्यकामा पठायो ।
साथै सडकमा सवारी साधनको चाप पनि बढेको छ । लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको छ ।

गृहको परिपत्रलगत्तै प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कारबाही थालेको छ । श्रोत : अनलाइन खबर
Views: 158


