बिर्तामोड । सोमबार बिर्तामोडमा एक व्यक्तीमा कोरोना शंखा भएको भन्ने हल्ला फैलियो त्यसपछि परिवार र स्थानियले स्वास्थ्य टोलीलाई बोलाए तत्काल बिर्तामोडको स्वास्थ्य टोल उनको घरमा पुग्यो पनि । स्वस्थ्य कर्मीले आधारभूत चेकजाच गरेर हेरे हाल उनको स्वास्थ्य अबस्था सामान्य रहेको बिर्तामोड नगर स्वास्थ्य शाखा फोकल पर्सन ओम खड्काले आमसंचारलाई जानकारी दिएका छन ।
झापाको बाह्रदशीमा आइतवार फेला परेका कोराना संक्रमित ५० वर्षीय पुरुषको कन्ट्राक्ट ट्रेसिङको काम भइरहेको छ । उनीसँग बिर्तामोडबाट एक जना मुस्लिम समुदायका व्यक्ति एक रात घरमा बसेको भन्ने खवरले बिर्तामोडमा त्रास पैदा गरेको छ । तर, ति व्यक्तिले संक्रमितको घरमा बास नबसेको बताएका छन । म उनको घरमा बास बसेको छैन, भेट चै भएको बताए । बिर्तामोड बस्ने ति व्यक्ति गत सोमबार संक्रमितको गाउँ गएका थिए ।
उनले भने बाह्रदशीका कोराना संक्रमित व्यक्ती संग सामाजिक दुरी कायम गरेर, स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पुरा गरेर भेट भएको हो, उनको घरमा बास बसेको छैन ।
संक्रमितको घरमा बसेको हल्ला चल्ने वित्तिकै बिर्तामोड वडा नंं १ का अध्यक्ष अग्नी पाण्डे सहितको टोली आज विहान उनको घरमा पुगेको थियो । यथार्थ, बुझेपछि वडाको टोलीले होम क्वारेन्टाइनमा बस्न भनेको छ । अध्यक्ष पाण्डेले भने, घरमै सुरक्षित बस्न सूझाव दिएका छौं । उहाँलाई आवश्यक परेको कुरा हामी उपलब्ध गराउँछौं ।