Aamsanchar

आमनागरिक

Author Image
मङ्गलवार, वैशाख १६, २०७७

 


म आमनागरिक
एउटा नयाँ प्रश्न
एउटा नयाँ आवाज लिएर आएको छु
हो

सरकार !
केवल एउटा रोग ह‍ो
तिम्रा गाउँ र सहरहरूमा पसेको
अनि
काकाकुल जस्तै छट्पटिएर मान्छेहरू
एक बोतल पानीको भाउ बढेको छ
भोकभोकै तड्पिएर
मर्दै बाँच्दै गर्दा
ती मान्छे भए तिम्रा नजरमा
हो

सरकार !
तिम्रा नजरका मान्छेहरू
कसैका मुटु र कलेजो पनि हुन सक्छन्
अनि
अकाल मृत्यु र कालाबजारीको भार खप्न नसकेर
हो

सरकार!
तिनीहरूले अौलो थिचेर
तिमीलाई सरकार हजुरको पासपोर्ट दिए
अनि
तिमीले त्यसै दिनदेखि रङ्गिन सपना ओढ्यौ
हो

सरकार !
धुजिएका सपनाहरू बोकेर
सङ्ला पानीभित्र उत्रिएर बाँचे तिनीहरू
अनि
आज तिनै पीडित मान्छे भन्नेहरू
न्यायोचितका निम्ति
अधिकारका निम्ति
हो
बोल्न नसकेको बखत ।।।।।
म आमनागरिक
एउटा नयाँ प्रश्न
एउटा नयाँ आवाज लिएर आएको छु
हो

सरकार!
नढलुन्
नलडुन्
उपचारका निम्ति
अस्पतालहरू खुले पछि
अनि
देश बाँच्छ
अनि
अन्योल नरहेपछि
हो

सरकार !
भविष्यमा हजारौं सरकारहरू बन्नेछन् ।

देवीप्रसाद थापा मामा मणिपुर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बेलाको बोली
मङ्गलवार, मंसिर ४, २०८१
आशा निराशा (कविता)
आइतवार, कार्तिक २५, २०८१
बूढो गोरु ( व्यङ्ग्य कविता )
शुक्रवार, कार्तिक १६, २०८१