Aamsanchar

कोका–कोलाले कोरोना नियन्त्रण, व्यव्थापनका लागि ८ करोड सहयोग गर्ने

Author Image
मङ्गलवार, वैशाख १६, २०७७

काठमाडौं— कोरोना भाईरस प्रकोप नियन्त्रण, व्यवस्थापनको लागि नेपालको एक उत्कृष्ठ स्थानमा रहेको कम्पिनी कोका–कोलाले कोषका लागि ८ करोड दिने घोषणा गरेको छ ।

कोभिड–१९ महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न विश्वका सबैं ठाँउबाट सहयोग बढ्दै जाँदा नेपालमा कोका—कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन ८ करोड प्रारम्भिक सहयोग गर्ने बाचा गरेको हो ।

कोका–कोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमले यस अभूतपूर्व समयमा देशभर १ लाख भन्दा बढि जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्य रहेको छ ।

नेपालमा कोका—कोलाले देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरि तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको छ ।

कोका–कोलाले नेपालमा समुदायहरुलाई कोभिड–१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ पार्टनर क्रियशनसँग साझेदारी गरेको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर