हिन्दुहरुको आस्थाको केन्द्र भनेर गङ्गा नदिूलाई मानिन्छ। धेरै धर्मग्रन्थहरुमा गङ्गाको महत्वको वर्णन गरेको पाइन्छ। पवित्रताको अस्तित्व रहेको गङ्गा माताको सबै हिन्दु धर्मावलम्बीहरुमाझ भावनात्मक आस्था रहने गरेको छ। गङ्गा सप्तमीलाई धेरै स्थानहरुमा गङ्गा जयन्ती भनेर पनि मनाउने गरिन्छ।
गङ्गा उत्पत्तिको विषयमा वैदिक सनातन संस्कारमा विभिन्न कथनहरु भेटिन्छन्।
आजको दिन अर्थात वैशाख शुक्ल सप्तमीको दिन गङ्गाको पुनर्जन्म भएको तिथी मानिन्छ। आजको दिन गङ्गामा डुबुल्की लगाउने मनुष्यहरुको सबै पाप हट्ने र ति मनुष्यहरुलाई मोक्ष प्राप्त हुने मान्यता रही आएको छ। आज यदि गङ्गा स्नान गर्न असमर्थ भएमा घरमा भएको गङ्गाजललाई आफुले नुहाउने पानीमा हालेर श्रद्धासहित नुहाए पुण्य प्राप्त हुने मान्यता रहेको छ। आज विशेष गङ्गा मन्दिरहरुमा श्रद्धापुर्वक पुजा आराधना गरिन्छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 598