दमक । झापाको दमक नगरपालिका–३ बेलडाँगी स्थित भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।
आज भएको आगलागीबाट भूटानी शिविरको बी ३ हट नम्बर २६० मा रहेको टिकाराम चापागाइँको घरबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन ।
श्रेष्ठका अनुसार चापागाईं घरबाट शुरु भएको आगोले छिमेकी पदम चापागाईं, रुप नारायाण दुलाल र हर्कबहादुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा करिब रू १७ लाख ३५ हजार बराबरको क्षति भएको छ ।
बिहान २ बजे देखि सुरु भएको आगलागी स्थानीयबासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा बिहान ३ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 186