Aamsanchar

चन्द्रगढीको गोर्खा सपिङ कालोबजारी धन्दामा, २० हजार जरिवाना

Author Image
बिहिवार, वैशाख १८, २०७७

लकडाउन जस्तो सम्वेदनशिल परिस्थितीको मर्म, मुल्य र मान्यताको अलिकती पनि ख्यार नराखी ठगी धन्दामा लागेका खाद्य पसलहरु एक पछी अर्को गर्दै कार्वाहीमा परीरहेको अवस्थामा झापाको चन्द्रगडी स्तिथ एक पसल संचालक पनि कार्वाहीमा परेका छन ।

लकडाउनको फाइदा उठाउँदै पसलहरूले खाद्यान्न तथा कृषिजन्य लगायत वस्तुको मूल्य बढाएको उपभोक्ताबाट जनगुनासो आउन थालेपछि जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।

प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा खटिएका समितिले जिल्लाका बजार अनुगमनलाई तीव्रता दिएको हो । सोही क्रममा समितिले बिहीबार बिहान चन्द्रगढी बजारको अनुगमन गरेका छन् ।

समितिले अनुगमनको क्रममा भद्रपुर- १० स्थित चन्द्रगढी बजारमा रहेको गोर्खा सपिङ कम्पेक्सलाई २० हजार जरिवाना गरेको छ । चण्डीप्रसाद अधिकारी सञ्चालक रहेका कम्प्लेक्स कारोबारको खरिद तथा बिक्री खाता देखाउन नसक्दा आन्तरिक राजश्व कार्यालय मेचीले सो रकम बराबरको जरिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।
अनुगमन टोलीमा प्रशासन कार्यालयका अधिकृत लक्ष्मीप्रसाद खरेल, खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, आन्तरिक राजश्व कार्यालयका नायव सुब्बा बालकृष्ण दंगाल, घरेलु तथा साना उद्योगका छविलाल खतिवडा, झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कजकुमार शर्मा लगायत रहेका थिए ।

‘लकडाउनको फाइदा उठाउँदै बजारमा कालोबजारी हुन थालेको उपभोक्ताबाट जनगुनासो आएको सूचनाकै आधारमा समितिले अनुगमन गर्दै आइरहेको छ,’ सप्रजिअ राईले भने, ‘अनुगमनलाई निरन्तरता दिँदै यस पटक घटनास्थलमै पसलहरूलाई कारबाही गर्न थालेका छौँ ।’ केही दिनअघि पनि समितिले भद्रपुरका चार वटालाई पसललाई जरिवाना गरेको थियो । समितिले सरस्वती स्टोरलाई विल विजक र खरिद विक्री खाता नराखेकोमा ६ हजार, लक्ष्मी भण्डारलाई ६ हजार, शिवशत्तिm स्टोरलाई ३ हजार र सुप्रिम स्टोरलाई १० हजार गरी जम्मा २५ हजार जरिवाना गरिएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर