Aamsanchar

रोल्पामा बम विष्फोट, ४ बालबालिकाको मृत्यु

Author Image
बिहिवार, वैशाख १८, २०७७

बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गरे।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं। ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको डिएसपी गुरुङले सेतोपाटीलाई बताए ।

‘टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ, अर्को विष्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृत्यु भएको छ,’ डिएसपी गुरुङले भने।

घटनाबारे विस्तृत विवरण केही बेरमै आउने प्रहरीले बताएको छ । श्रोत: सेतोपाटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर