सुनसरी । धरान उपमहानगरपालिका–१५ मा घरायसी झगडा हुँदा एक युवकले आत्महत्या गरेका छन् ।
मोरङ गछिया घर भएका २७ बर्षीय लक्ष्मण विश्वकर्माले आज राती धरान–१५ स्थित भानु मार्गको डेरामा आत्महत्या गरेका हुन ।
प्रहरीका अनुसार उनले कान्छी श्रीमति राखेको र कान्छीलाई भेट्न गएको भन्दैं जेठी श्रीमति प्रतिक्षा विकले आफन्त लगाएर कुटपिट गरेको प्रहरीले जनाएको छ । घट्ना पछि विश्वकर्माले बाथरुमा पसी सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनले आत्महत्या गरेको विहान मात्र थाहा भएको थियो । आत्म हत्याबारे प्रहरीलाई विहान ६ बजे खवर आए पछि घट्नास्थल नियन्त्रणमा लिएर मुचुल्का उठाइएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
‘अवैध रुपमा कान्छी ल्याएर राखेको विषयमा जेठीले मुद्धा समेत हालेको देखियो । घर झगडा पछि आत्महत्या गरेको पाइएको छ । थप अनुसन्धान गरिरहेका छौं ।’–डिएसपी न्यौपानेले भने ।
विक धरान–१५ स्थित मिलन चौक नजिक ग्रिल उद्योग संचालन गरेर बस्दैं आएका थिए । श्रोत : ब्लाष्ट खबर