Aamsanchar

सहयोगी मन भएका हरुको संदेश

Author Image
शुक्रवार, वैशाख १९, २०७७

आदरणीय, आमावुवा, दाजुभाइ, दिदीबहिनी, तथा मेरा सम्पूर्ण सुभचिन्तकरशुभेच्छुक साथीभाईहरुमा मेरो न्यानो माया साथै सम्मान प्रकट गर्दछु आज मे १ तारिख अन्तराष्ट्रिय मजदुर दिवस तर यतिबेला विश्व कोरोना  माहामारीले आक्रान्त छ।

यसबाट तपाई हामी कोहि पनि अछुतो हुन् सकेका छैनौं तर तुलनात्मक रुपमा हाम्रो जस्तो तेस्रो मुलुका श्रमजीवी मजदुर वर्ग अझ बढी मार मा परेका छन्।  अहिले विश्व कोरोना कहर मा जुधिरहदा हामी हाम्रो दायित्व र कर्तव्य बाट उम्किन मिल्दैन त्यसैले यस्तो अवस्थालाई बुझेर हामी सम्पुर्ण देश विदेशमा रहेका सबै नेपाली युवा साथीहरु मिलेर केही सहयोग गर्ने हेतुले सुरुमा नेपालको कर्णाली प्रदेश बाट सहयोग सुरू गर्ने उदेश्य लिएका छौँ। जहाँ गरिबी, अशिक्षा, बेरोजगारी र विकटताले ले थिलथिल पारेको कर्णाली प्रदेश आज माहामारी को चपेटा ले झन् भयावह अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा हामी ले सरकारको मात्रै मुख ताकेर बस्ने भन्दा पनि हामी सचेत नागरिक को हिसाबले समाजमा भईरहेको अप्ठ्यारा चुनौतीहरूलाई सामाना गर्ने हेतु ले अगाडि बढिरहदा हजुरहरुको सानो सहयोग को अपेक्षा गरेका छौं। तपाई हरु को सानो-सानो सहयोग ले नेपालमा रहने भएका दिन दुखि नेपाली दाजुभाईहरुलाई ठुलो सहयोग पुग्ने आशा र विश्वास लिएका छौँ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जोहो गर्ने व्यक्ति का लागि केही सहज होस् भनेर खाद्यान्न सहयोग गर्ने योजना तय गरेका छौँ। जसमा हामीले कर्णाली प्रदेशको अत्यन्तै विकट मानिने जाजरकोट जिल्ला जहाँ झाडापखाला, हैजा जस्ता सामान्य रोग लाग्दापनि सिटामोल समेत खान नपाएर दर्जनौं मानिस ले ज्यान समेत गुमाउनु परेको थियो। त्यसैले यो क्षेत्रलाई हामीले आफ्नो देशको सानो अंश सम्झेर मानविय धर्म निभाउने कोशिसमा हामी लागिपरिरहेका छौँ र तपाईहरुको साथ हौसलाले हामीलाई ऊर्जा थपिनेछ भन्ने आशा लिएको छौँ। साथै यस क्षेत्र लाई पहिलो चरणमा राहत उपलब्ध गराउने प्रण हामी ले गरेका छौँ।

स्थान:- जाजरकोट जिल्ला को दुरदराज विकट गाँउपालिका बारेकोट
जम्मा वडा संख्या 9 वटा
प्रत्येक 1 वडाबाट 25 घरधुरी लाई
9 वडा बाट जम्मा 225 घरधुरी
समय :- 2077 जेठ 1 गते बिहिबार 10 बजे
राहतका लागि उपलब्ध सामान
30 केजी चामल – 1500
1 पोका नुन – 25
1 पोका तेल – 110
5 केजी दाल – 350
तपसिल सहयोगी समन्वयात्मक
संयोजन
डम्बर बहादुर /प्रेम बहादुर/ राहत संकलन सहयोगी सम्पर्क गणेश सिंह
कर्णाली प्रदेश यूवा कमिटी सदस्य
हाल अष्ट्रेलियामा अध्ययनरत बिद्यार्थी
+61452123234
BSB:- 062235
Acc:- 10814758
(प्रत्येक वडा बाट 1 जनाले समन्यव सहयोगी भूमिका निर्वाह गर्ने )
हामीले बिपन्न, गरीबी र महामारी को असर लाई मध्यनजर गरेर यो ठाउँ लाई उपयुक्त विकल्पका रुपमा छानेका छौँ।
रोगसँगै भोकले महामारी ल्याउन सक्ने अवस्थालाई मध्यनजर गरेर हामीले फुडबैंक स्थापना गर्न खोजिरहेका छौँ। तसर्थ अस्ट्रेलियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी, अंकल आन्टी र बुवा आमा लगाएत मेरा सम्पूर्ण मित्रहरु शुभचिन्तक, शुभेच्छुकहरूमा हार्दिक सहयोग को अपेक्षा सहित बिनम्र अनुरोध गर्दछौँ। धन्यवाद
बिजय सापकोटा
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर