Aamsanchar

जीवनको मुल्य र तिमी (कविता)

Author Image
शनिवार, वैशाख २०, २०७७

जीवन भन्नु नै बाच्नु हो
बाच्नु नै जीवनको अर्थ र उत्कर्स हो
म हुनु नै तिमी हौ
तिमी हुनु नै म हुँ

तिमी हृदयहरु हौ भने म मस्तिष्क हो
तिमी मुटुहरु हौ भने
त्यसभित्र रहेको मौनता
प्रियतम समवेदना हो म

यही नै जीवनको मुल्य हो र
जीवनको अर्थ तिमी हौ
तिमी बाच्नु नै मैले सास फेर्नु हो
मैले सास फेर्नु नै जीवनको सार्थकता हो

तिमी धर्ती हौ भने म माटो हो हावा हो
जहाँ तिमी महसुस गर्छौ
यही नै जीवनको मुल्य हो
अनि तिमी रहनु नै मैले सास फेर्नु हो ।

 संग्रौला झापा बिर्तामोड निवासी हुँन, हाल दुबईमा छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बेलाको बोली
मङ्गलवार, मंसिर ४, २०८१
आशा निराशा (कविता)
आइतवार, कार्तिक २५, २०८१
बूढो गोरु ( व्यङ्ग्य कविता )
शुक्रवार, कार्तिक १६, २०८१