Aamsanchar

आज विश्व प्रेस स्वतन्त्रता दिवस

Author Image
आइतवार, वैशाख २१, २०७७

राज्यको चौथो अगंको कुरा गरौ आज, प्रेस अर्थात सञ्चारमाध्यमका कुरा गरौ अनि तिन्का स्वतन्त्रताका कुराहरु गरौ । हरेक वर्षको मे महिनाको ३ तारीखमा विश्वभरि सञ्चारका माध्यमहरुको स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरुको योगदानलाई संझना र सम्मान गर्दै मनाईन्छ । सन् १९९३ को संयूक्त राष्ट्रसघींय महासभाले अनुमोदन गरेपछी यस दिन संसार भरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

सञ्चारका माध्यमहरुले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिदा प्रजातन्त्र अनि सुचनाको अधिकारमामै धक्का पुग्दछ । स्वतन्त्रता अनि निष्पक्षताको वकालत गर्ने आजको विश्वमै पनि दर्जन भन्दा धेरै देशहरुमा प्रेसउपर सेन्सर गरिन्छ, प्रेसकर्मीहरु उपर बन्देज लगाउने , बन्दी बनाउने, आक्रमण अनि हत्यासम्मका क्रियाकलाप गरिन्छ । आजको दिनले सामान्य जनताहरुलाई अनि संसारवासी हामीहरुलाई प्रेस स्वतन्त्रताका बारेमा जानकारी अनि महत्व वुझाउने सर्वब्यापी चेष्टा गर्दछ । यसका साथै आजको दिनले संसारभरिका प्रेसकर्मीहरुलाई प्रेस तठस्तताको पाठ र महत्वको झभल्को दिने कार्य गर्दछ ।

पछील्लो दशकमा प्रजातन्त्रको पूर्नआगमन सँगै नेपालमा पनि प्रेसकर्म प्रतीको एउटा उत्साह वडो गज्जबले बढेको भेउ छ, रेडियो नेपाललाई शर्टवेभमा मात्र एन्टीना तानेपछी समात्ने नेपाली तरगं आकाशमा आज सैयौको सख्यामा रेडियो केन्द्हरु छन् । त्यसै गरि टीभी, पत्रिका, अनलाईन गरि विभिन्न स्वरुपमा धेरै सञ्चार केन्द्रहरु स्थापना भएका छन् । यो एउटा गज्जबको विकास हो तथापि हरेक विकासँगै आउने चुनौतीहरुझै प्रेस स्वतन्त्रता अनि निष्पक्षताका मर्महरु नेपालमा कतिको सम्वोधन अनि समाहीत गर्न सकिएको छ त रु विचारयोग्य छ, आजको दिन मनन गर्न झकझक्याउने पनि छ ।

आज संसार भरिका अधिकाशं राष्ट्रका प्रेस काउन्सिलहरुले विज्ञप्ती जारी गर्ने चलन पनि छ । स्वतन्त्रतासँगै कर्तब्यनिष्ठ प्रेसको अपेक्षा पनि राष्ट्रलाई रहन्छ, जनतालाई गलत जानकारी दिएर झुक्याउने या त्रासदी फैलाउने भन्दा पनि सही र सकारात्मक प्रेसको आवश्यक्ता आज नेपाललाई रहेको छ । अझ प्रजातान्त्रीक अभ्यासमा स्थानीय चुनावको संघारमा आएको नेपाललाई नेपालीपनाको धागोमा एकसुत्र गर्न सक्ने प्रेसको आवश्यक्ता छ । हामी हाम्रो पात्रो आफ्ना सम्पूर्ण भाग अनि भुगोलमा तठस्त, सकारात्मक अनि नेपालीपनाका सुत्र जोड्ने सन्दर्भ र साम्रगी लिएर आउने वाचा पनि यसै आलेख साथ गर्दछौ है ।

४६ सालको आन्दोलन होस् या १० वर्षे शसस्त्र द्धन्द या ६२ अनि ६३ को जनआन्दोलन होस्, हामीले पाएको सुचना अनि ताजा अपडेटहरु दिनकालागी धेरै जना पत्रकारले पसिना वगाउने, ज्यान जोखिममा राखेर अनि कतिले त ज्याननै गुमाउनुसम्म भएको छ । चाहे नेपालमा मारिएका पत्रकार डेकेन्द्र थापा हुन् या अफगानिस्तानमा मारिने कुनै अन्य देशका पत्रकार तर यसरी प्रेसमाथीको आक्रमणले स्वतन्त्रता र प्रजातन्त्रमाथीनै धावा बोलेको छ । विमान दुर्घटनामा विट ठाँउमा पर्दा राती राती पत्रकार पनि प्रहरी अनि वचावदलसँग टर्च लाईट बाल्दै पुगेको हुन्छ र मात्र भोली पत्रिकाको हेडलाईनमा हामीले पढ्न पाँउछौ, टिभीमा देख्न अनि रेडियोमा सुन्न पाँउछौ, खबरहरु , यस्ता धेरै उदहारणहरु अनि साहसीक कार्यहरु नेपाली प्रेसकर्मीहरुले गर्नुभएको छ र गर्नुहुन्छ ।

सही, सत्य र निष्पक्ष समाचार सम्प्रेषणमा ज्यानकै वाजी थाप्न पनि नपर्ने यी पेशाकर्मीलाई हार्दिक नमन अनि भविष्यमा पनि प्रेसलाई राजनिती अनि ब्यवसायको अखडा बनाउने सुनियोजीत कार्य नहोस्, नेपालीहरुको चाह यहि हो । समाचार र सुचना हाम्रो अधिकार हो भने प्रेस सुरक्षा अनि स्वतन्त्रता हाम्रो दायित्व पनि हो, प्रेस स्वतन्त्रता दिवसको पाठक अनि लेखक, दर्शक अनि प्रस्तुतकर्ता, श्रोता र वाचक सबैलाई शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 825

प्रतिक्रिया (०)

सम्बन्धित खबर