Aamsanchar

अटल पिङ्गलास्थान लायन्स र लियोमा नयाँ कार्य समिति चयन

Author Image
सोमवार, वैशाख २२, २०७७

काठमाडौं । लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ बि १ नेपाल अन्तर्गत लायन्स क्लब अफ काठमाडौं अटल पिङ्गलास्थान र लियो जिल्ला प​रिस​द ३२५ बि १ नेपाल अन्तर्गत र​हेको लियो क्लब अफ काठ​मान्डौ अटल पिङ्गलास्थानको बर्ष २०२०र०२१ को लाई नयाँ कार्य​स​मिति च​य​न भएको छ।

लायन्स र लियो बर्ष ०१९र२० का अध्यक्ष लायन्स दुर्गा थापा र लियो रामेश्वर शर्मा भुर्तेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो।

नयाँ कार्य समितिमा अध्यक्ष सुस्मा रेग्मी,  निब​र्त​मान अध्यक्ष दुर्गा थापा, प्रथम उपाध्यक्ष राधा श्रेष्ठ,  दृतिय उपाध्यक्ष गायत्री पौडेल,  सचिव माहालक्ष्मी खरेल,  कोषाध्यक्षमा सोबिता गौतम,  लियो अध्यक्ष अर्जुन पौडेल  निब​र्त​मान अध्यक्ष रामेश्वर शर्मा भुर्तेल, प्रथम उपाध्यक्ष प्रबेश कुमार कार्की,  सचिव प्रियन्का पाण्डे,  कोषाध्यक्षमा युरिका केसी निर्वाचित बनेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 452

प्रतिक्रिया (०)

सम्बन्धित खबर