Aamsanchar

मोह भष्ट्रचारको !

Author Image
सोमवार, वैशाख २२, २०७७


मान्छे मान्छे बाट डराउने दिन आयो, तेरो मेरो भनि कुस्ती खेल्नेले के पायो । पैसा नै सबैथोक हो भन्थे मान्छेहरु , खै कस्को ज्यान आज पैसाले बचायो । धनी गरिब आखिर एउटै त रैछनी , रोगले नै त आज समानता ल्यायोनी । जिन्दगी छ भन्नु बांचुन्जेल त रहेछनी , मरेपछी खै कहां कस्ले के लगेर गएछनी यि माथिका सार फेसवुकमा भेटे राम्रो लाग्यो जस्ले लेखे पनि उहांको सृष्टी राम्रो छ । आजको समय यस्तै लेख्दै बस्ने भएको छ । न पैसाले काम गरेको छ यो रोगलाई , न केहीले ! बस मान्छे बाट मान्छे डराएर अलग बस्ता नै यो रोगबाट बाच्न सकिने अबस्था छ । तर जीवनको यर्थाथ, हामी जहिलै मान्छेबाट नै डराइ रहका हुन्छौ । यहि मान्छे भगवान बनेका छन् यहि मान्छे दानव बनेका छन् । त्यसैले पनि मानिस बाट मानिस डराउनु पर्ने भएको छ । विश्वभरी कोरोना भाईरसको त्रास बढदो छ दैनिक २ हजारको हाराहारीमा मानिसको मृत्यु भएको तथ्याङ्क हामीले हेदै र सुन्दै आएका छौ ।

कोरोना भाइरसले पनि अचम्मको छाप छोडेर चिनमा जन्म लिएछ ,जन्म पश्चात विकसित राष्ट्र तिर लागेछ इटाली मा पुगेर हुर्कियो वढ्यो , अमेरिकमा पुगेर जबान भयो , भारतमा आएर मुस्लिम बन्यो र नेपालमा आईपुगेर भष्ट्रचारको अखडा बन्यो । यि माथिका सार फेसवुकमै भेटेको हो । विश्व यतिखेर कोरोना भाईरसबाट कसरी बच्ने भन्ने कुरामा लागि रहेको छ । सरकार आफ्ना जनतालाई सचेत रहन बारम्वार सम्झाइ रहेको छन् । राष्ट्र प्रमुखहरु राहात आफै बाढन् गएका छन् । विरामीलाई भेट्न अस्पताल अस्पताल गएर जनतालाई हौसला प्रदान गरि रहेका छन् । वैज्ञानिकहरु औषधि पत्ता लगाउन लागेका छन् । कयौ डाक्टर नर्स दिनरात आफ्ना परिवार छोराछोरी केही नभनि सक्रमितहरुको उपचारमा लागेका छन् ।

विश्वले शोक मान्ने अवस्था आई सक्यो तर विडम्वना हाम्रो देशमा यहि बेलामा कसरी कमाउने भन्ने दाउमा सरकारका कर्मचारी, व्यापारी लागेको देख्दा सतिले सरापेको देश, पशुपतिले थामेको देश भनेर भनेको भनाई साच्चै हो की भने जस्तो भान भएको छ । प्रधान मन्त्रिको राष्ट्रको नाममा सम्बोधन हुन्छ गलत गर्नेलाई बचाउको लागि सम्बोधन गरिए जस्तो ,मनमा एउटा कुरा मुखले अर्कै बोले जस्तो , जनता त्रसित छन राष्ट्र प्रमुख केही भएको छैन जस्तो, न अनुहारले व्यक्त गरेका छ न हाउभाउले नै बताएको छ । सायद नेपाली जनताले प्रधानमन्त्रिको अनुहार पढे होला त्यसैले पनि सामाजिक सन्जालमा प्रधानमन्त्रिको व्यापक चर्चा भएको होला । अनि नेपालको चर्चित कार्यक्रम सिधा कुरा जनता संगका कार्यक्रम संचालकले ले ५ मिनट नै खर्चिए प्रधानमन्त्रिको सम्बोधनलाई लिएर । प्रधानमन्त्रिको भाषण कस्तो हुनु पर्ने सम्म भनेर नेपाली जनतालाई सुसुचित गराएका छन् ।

कस्तो विडम्वना हाम्रो यति सल्लाह दिन सक्ने प्रधानमन्त्रिका सल्लाहाकार पनि छैनन् । सरकार जनताको भावना अनुरुप चल्नु पर्ने यो विशम परिस्थीतिमा यो सरकार भष्ट्रचारमा दिमाख लगाएके कारणले जनताको पक्षमा दिमाख लगाउन नै सकेको छैन । सही गर्न मानिसले सोच्नु पदैन गल्ति गर्न धेरै सोच्नु पर्छ र गलत गरे पछि झन त्यसलाई सही बनाउन झन धेरै सोच्नु पर्छ यसो गर्दा हुन्छ की उसो गर्दा हुन्छ भन्दा भन्दै जनताको पर्वाह छैन आफ्नो धोति समाल्नै फुर्सद छैन सरकारलाई । योगेन्द्र पौडेल आफ्नो फेसवुकमा लेख्छन् अमेरिकमा बील गेट्स छन् , चीनमा ज्यकमा हामी कहां सुलभ अग्रवाल । सबै आ–आफ्नै किसिमले कोरोना विरद्घ लडिरहेका ! यो व्याङ्गात्मक स्टाटसले पनि अहिलेको कोरोना त्रास र नेपालका धनाढ्य परिवारका व्यवसायीले देशमा आएको संकटको वेलामा सरकारकै प्लेन भाडामा लिएर चीनबाट सामान ल्याएर ३५०० को सामान १५ हजारमा वेचेर अभावको फाइदा लिदै कालोवजारी गर्ने व्यवसायीलाई इगित गरेको छ ।

नेपाल प्रहरिको अथक प्रयास पछि गत मंगलबार शंकर गु्रपका संचालक लाई सामान सहित पक्रन सफल भएको छ । समातिए पश्चात आज भोलि मैले गल्ती गरे मलाई एक पटक माफि दिनु भनेर पटक पटक माफि मागि रहेका छन् , भन्ने पत्रपत्रिकामा पढन पाइएको छ । विभिन्न मानिसका विभिन्न तर्क छन् कोही फासी दिनु पर्छ , कोहि कडा भन्दा कडा सजाय हुनु पर्छ भनेर आक्रोस पोख्छन तर यदि नेपालको कानुनले सजाय दिने हो भने १ बर्ष कैद र १० लाख जरिवाना भनेको छ भनेर पनि विभिन्न समाचारमा पढन पाईएको छ । हेरौ हाम्रो देशको कानुनले कस्तो निर्णय गर्ने छ । विश्व कोरोनाको उच्च सर्तकता कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छ भने हाम्रो देशमा यो वेला भ्रष्ट्रचार र कालोबजारीको चर्चा छ । घरमा ३ बर्षका वालकले बाबा सावुन पानिले हात धुनु है भन्छ , सेनिटलाईजर लगाउनु भन्दै वोतल नै वोकेर ल्याएर हातमा हालि दिन्छ । टिभि ,रेडियो, सामाजिक संजालमा पनि सचेतनाको सामाग्रीले गर्दा केटाकेटीलाई कन्ठष्त भई सकेको छ ।

त्यो अवोध बालकको मस्तिष्कमा कोरोनाबाट कसरी बांच्ने भन्ने डर छ भने तिनै बालकले टिभि रेडियो सामाजीक संजालमा भ्रष्ट्रचार कालोबजारीको वारम्वार समाचार बजि रहदा त्यो पनि उसको दिमाखमा वसि सकेको मलाई भान भयो जतिखेर बाबुले बाबा भ्रष्ट्रचार भनेको के हो भनेर सोध्यो ? ति अवोध बालकको मस्तिष्कमा आजै भ्रष्ट्रचार कालोबजारी भन्ने विषयले उत्सुकता बढाएको छ । हाम्रो संस्कार कता गई रहेको छ । भोलि कोरोना भाईरसबाट त छुटकारा पाईन्छ होला तर देशमा भ्रष्ट्रचार र कालोवजारीले कहिले छुटकारा पाउला । यो कति फष्टाएर जाला किनकी आज बच्चा देखिनै यस्ता कुराले उसको दिमाखमा जग बसाई सकेको छ । जनता सरकारको कार्यशैलि प्रति कति पनि सन्तुष्ट छैनन् । कसैलाई के को धन्दा कसैलाई के को धन्दा घर ज्वाईलाई खानको धन्दा भनेझै यो देशमा व्यवसायीले गरेको कालोबजारीले यो भनाईलाई सार्थक बनाएको छ ।

प्रिन्टिङ्ग प्रेस काण्ड । सेटेलाईट काण्ड । स्कुल कम्प्युटराइजेशन काण्ड । फोर जी लाईसेन्स काण्ड । लाईसेन्स प्रिन्टिङ्ग काण्ड । वाईटबडी काण्ड । इम्वोस नम्बर प्लेट काण्ड । गुठी काण्ड । गोकर्ण रिर्सोट काण्ड । यती ग्रुप काण्ड । र हालसालै भएको पिपिइ औषधि खरिद काण्डले पनि यो देशमा के मौलाउदै छ भन्न सकिन्छ । हाम्रो संस्कार कस्तो बन्दैछ अनि आउने सन्ततिले के सिक्लान अग्रजबाट । हामी भ्रष्टचार गछौ , कालोबजारी गछौ यसो गरि रहदा आफ्नो मन त खुसी होला तर परिवार खुसी हुन्छ त ? के अहिले सुलभ अग्रवालका परिवार खुसी छन् त ? सुलभ अग्रवाल त आज पक्राउ परे तर गलत काम गर्ने जो कोही एक दिन प्रक्राउ अवश्य पर्ने छन् ढिला्े चाडो मात्र हो । यस्ता कमाईले क्षणिक सम्पत्ति आर्जन होला तर दिर्घकालिन सुख कदापि हुने छैन सवैलाई ठग्न सकिएला तर आफुले आफैलाई ठग्न सकिदैन् ।

मानिस धन सम्पत्ति भए जीवनमा सुख पाइन्छ भन्ने ठान्छन् जब धन सम्पत्ति आउछ सुख हैन दुख, डर हामीमा बढि हुने गर्दछ । अझ गलत तरिकाले कमाएको धनमा त झनै धेरै डर लाग्ने गर्दछ । आफन्त साथीभाई संग नजिक रहन सक्दैनन् । त्यसैले सम्पत्तिले जीवनमा सुख हुन्छ भन्ने मानसिकता त्यागौ । आफन्त, साथीभाई , परिवार र राम्रो संस्कार जीवनमा भएमा जीवन सुखमय बन्दछ । बाचुन्जेल हासी खुसी बाचौं आखिर मरेर के नै लिएर गइन्छ र ! माथिका हरफमा भने झै । मानिसलाई एक दिन मरिन्छ भन्ने पनि थाहा छ । तर, पनि भ्रष्टचार कालोबजारी गर्न छोड्दैनन् । धन सम्पत्तिको मोहले मानिस दिन प्रति दिन कुलतमा लागि रहेका छन् भनिन्छ संस्कार घर परिवार बाट सिकिन्छ । हाम्रो समाजको घर परिवारमा कुन संस्कार दिईदैछ । एक पटक हरेक अभिभावकले सोच्नु पर्दछ । सन्तानलाई धन सम्पत्ति कमाउन भन्दा इज्जत प्रतिष्ठा र संस्कारको विकास गराउन जरुरी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर