यतिबेला नेपाल मात्र नभई बिश्व जगत नै कोरोना बिरुद्दको लडाईको संघिन मोडमा रहेको छ । मानब जातिकै अस्तित्वमाथी धावा बोलेजसरी कोरोना भाईकसको आतंक मच्चिरहेको हुनाले संसारभरिका बैज्ञानिक बुद्धिजीवी देखी आम सर्बसाधारण लाई यो महामारीले अत्यन्तै चिन्तित बनाईरहेको छ ।
अर्थतन्त्र डामाडोल छ । कलकारखान, उद्योग, शैक्षक संस्था, व्यापारलगायत सवैक्षेत्र बन्द छन् । विश्व लकडाउनको अवस्थामा छ ।
यसर्थ यस परिस्थितीलाई काबुमा ल्याउन नसक्ने हो भने मानवको अस्तित्व माथी नै खतरा उत्पन्न हुनसक्ने स्थिती बन्न सक्ने चिन्ता बैज्ञानिकहरु गरिरहेका छन् भने अझ डरलाग्दो परिस्थिती त के भने यस कोरोना भाईरस बाट सिर्जित मृत्युदर घट्न सकेन र समयमै सचेतना अपनाईएन भने दोश्रो विश्वयुद्दमा भन्दा बढी मानिसहरुको ज्यान जानसक्ने चिन्ता उत्पन्न भएको छ ।
कोरोना भाईरसको उत्पति सम्बन्धि बिभिन्न थरिका बिचार र अड्कलबाजीहरु भैरहेकै छन् त्यसमा पनि बिशेष रुपमा तिन प्रकारका बिचारहरु अहिले आईरहेको पाईन्छ जसमा यसलाई प्रकृति माथि मानव जातिको अति दोहन र चरम लापरवाहीपुर्ण कामकारबाही द्वारा सिर्जित समस्या भएकोले यसलाई पारिस्थितीक प्रणालीको चक्र भत्काउने मानिसहरुका कृयाकलापहरुको परिणामका रुपमा हेर्न थालिएको छ, जसमा प्राकृतिक साधनश्रोतको निर्ममतापुर्वक दोहन, जिवजन्तुमाथिको मानविय हस्तक्षेप र हिंसाका कारण उनिहरुको अस्तित्व माथिको प्रहारको परिणाम वा जल जमिन जंगल जिवजन्तु जस्ता वातावरणिय पक्षहरुप्रतिको मानिसको जिम्मेवारी र जवाफदेहीता बिहीन चरम दोहन जस्ता कारणहरुले गर्दा पारिस्थितिक प्रणालि बिग्रन गई उत्पन्न भएको समस्याका रुपमा यसलाई हेर्ने एकथरिको बिचार रहेको पाईन्छ जसले मानव जातिलाई समग्र बाताबरणीय पक्षप्रति सचेतता पुर्वक दिगो ब्यवस्थापन र बिकासको अबधारणा अनुरुप ब्यबहार गर्नका निम्ति आगामि दिनमा जिम्मेवार हुन सुझाव दिने गरिएको छ ।अर्को एक जबरदस्त बिचारका रुपमा यसलाई मानव निर्मित भाईरसका रुपमा हेर्ने अर्को जमात रहेको छ जसको बिचार अनुसार यो एक जैविक मिसाईलका रुपमा ठुला शक्ति राष्ट्रबिचको जैविक युद्दका रुपमा अर्थ्याउने गरिन्छ, जसअनुसार एक देशले अर्को देशको शक्तिको परिक्षण गर्ने, आर्थिक रुपमा तहसनहस पार्ने उपायका रुपमा प्रयोग गर्ने देखि लिएर आफ्नो शक्ति बिस्तार र ब्यपारिक दृष्टिकोण बाट यसलाई प्रयोग गर्ने अस्त्रका रुपमा निर्माण गरिएको एक जैविक मिसाईलका रुपमा हेर्ने गर्दछन् ।
त्यस्तै गरी एक जबरजस्त बिचारका रुपमा यसलाई जैविक रुपमा बिकसित भएको भाईरसका रुपमा लिने मानिसको जमात रहेको पाईन्छ, जसका अनुसार यो भाईरसलाई क्रमबद्द रुपमा बिकसित भएको खतरनाक भाईरसको रुपमा हेर्दछन् । अझ सामान्य रुपमा भन्ने हो भने यसलाई पहिले पहिले पनि बेला बेला देखापरिरहने सामान्य भाईरसकै निरन्तर रुपमा बिकसित हुदै बनेको एक अति हानिकारक भाईरसको रुपमा लिने गरिएको पाईन्छ, बास्तबमा जिब बिज्ञानको दृष्टिकोणबाट हेर्ने हो भने यस तर्कलाई बैज्ञानिक तथ्यका आधारमा एक बिश्वसनिय दृष्टिकोका साथ ग्रहण गर्नलाएक बिचारका रुपमा लिन सकिन्छ । यसरी हेर्दा कोरोना भाईरस जे जस्तो कारणले उत्पन्न भएको समस्या भएतापनि यसबाट मुक्तिका लागी सम्पुर्ण बिश्व जगत नै एकजुट भई कोरोना भाईरस बिरुद्दको बिश्वयुद्द लडेर बिजयि बनि मानव सभ्यताको रक्षा गर्नुपर्ने अहिलेको अत्यन्तै ठुलो जिम्मेवारी सबै राष्ट्रका जनताका काधमा रहेको बुझ्न कठिन छैन किनकी यो एक यस्तो समस्या रुपमा तिब्र गतिमा बढिरहेको छ जसलाई नियन्त्रणमा लिन केवल एक राष्ट्र वा एक महादेशमा मात्र नियन्त्रण गरेर यो समस्याको दिर्घकालिन समाधान नहुने कुरा सर्वबिधितनै छ तसर्थ कोरोना बिरुद्दको लडाई केबल एक राष्ट्रीय समस्याको रुपमा नभई बिश्वब्यापी समस्याका रुपमा यसलाई लिई सबैको समान सहभागितामा यस बिरुद्द लड्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
बिश्वमै यति बिशाल समस्या उत्पन्न भैरहेको समयमा नेपालमा यसको प्रभाव नपर्ने भन्ने त कुरा नै रहेन नेपालमा यतिबेला कोरोना संगको लडाईको दोश्रो चरणमा हामी रहेका छौ करिव एक महिनादेखी लकडाउनको अवस्थाबाट गुज्रिरहेका छौ सम्पूर्ण आर्थिक गतिबिधी मात्र नभई सामाजिक गतिविधि शैक्षिक कृयाकलाप सबै सबै बन्धाबन्धिको अबस्थामा रहेको छ । सरकारको आव्हानमा कठिनताका बाबजुद सम्पूर्ण नागरिक हरुबाट दरिलो एैक्यबद्दता प्रकट भैरहेको स्थिति छ ।अहिले विश्वलाई कोरोना भाइरसले प्रभावित गरिरहेको छ। भाइरसले विश्वव्यापी माहामारीको रुप लिएसँगै हाम्रो समयको राजनीतिक प्रश्न टड्कारो रुपमा उठिरहेको छ। संसारभर राज्य संयन्त्र र विशेषगरी राजनीतिक नेतृत्व अहिलेको संकट समाधानमा असफल भएका छन्।
कोरोना संकटका कारण बिशेष रुपमा दिनभरी ज्यालादारी काम गरेर साझबिहानको छाक टार्ने मजदुर बर्ग देखी बिपन्न निमुखा जनताको जिवनमा यसले ठुलो संकट खडा गरिरहेको पाईन्छ । कतिपय मानिसहरु सहरको आर्थिक बोझ धान्न नसकिने समस्याका कारण ८-१० दिन लगाएर भोकभोकै हिडेरै घरतर्फ गैरहेको देखिन्छ त्यस्ता नागरिक हरुलाई सरकारले उचित रुपमा ब्यबस्थापन गर्न नसकेको मात्र होईन ब्यबस्थित रुपमा आआफ्नो घरसम्म पुर्याउने राज्यको नागरिकहरु प्रतिको न्युनतम ब्यबस्थापकिय जिम्मेवारी सम्म पुरागर्न सकिरहेको छैन ।
अहिले जताततै राहत बितरणका नाममा सरकारी ढुकुटीबाट ठुलो धनरासी खर्च गरिरहेको भएतापनि सरकारी राहत बितरण कार्यक्रम बिशेष रुपमा लक्षित बर्गमा पुग्न सकिरहेको पाईन्न, राहत बितरणमा समेत कतिपय ठाउहरुमा निष्पक्षता नहुनु, बास्तबिक रुपमा समस्यामा परेका मानिसहरु भन्दा नक्कलि पिडित हरु खडागरि आफुनिकटलाई राहत बितरण गरिनु जस्ता समस्याहरुपनि देखा परिरहेको छन्, यस्ता समस्याहरुको पहिचान गरि निष्पक्ष रुपमा बास्तबिक लक्षित समुदायमा राहत बितरण कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नुपर्ने आबश्यकता रहेको देखिन्छ ।
ठिक यहि समयमा नेपालमा हिजोमात्रै सरकारद्वारा दुईवटा बिधेयक मन्त्रपरिषद बाट पास भई राष्ट्रपति समक्ष पेश भएको केही घण्टा पनि नबित्दै राष्ट्रपतिबाट प्रमाणित समेत भएपछी राजनितिक बृत्तमा यसले एउटा जबरजस्त तरंग उत्पन्न गरिदिएको छ । ति दुई बिधेयकहरु संबैधानिक परिषद गठन सम्बन्धि र राजनैतिक दल बिभाजनको प्रावधानका सम्बन्धमा रहेका कारण यतिबेला के कति कारणले त्यस्तो बिधेयकको आबश्कता पर्यो भन्ने प्रश्न उठ्नु स्वभाविकनै देखिन्छ, जबकी यतिबेला समग्र देशकै ध्यान कोरोना बिरुद्दको लडाईमा लक्षित हुनुपर्ने समयमा के त्यस्तो संबैधानिक अड्चन परेछ र संबैधानिक परिषद गठन सम्बन्धि बिधेयक सरकारलाई आबश्यक पर्यो भन्ने आम नागरिकको चासो रहेको पाईन्छ।
त्यसमा पनि यतिबेलाको समयमा देशभित्रतका सम्पुर्ण राजनैतिक दलहरु बिचमा मजबुत सम्बन्ध स्थापित गरि सामुहिकताका साथ कोरोना बिरुद्दको लडाई लड्ने समयमा प्रमुख प्रतिपक्षी दलको नेता संबैधानिक परिषदमा रहने संबैधानिक ब्यबस्थालाई खारेज गरि सरकारले एकलौटी रुपमा संबैधानिक अंगहरुलाई नियन्त्रित गरी आफु अनुकुल निर्माण गर्ने र बिस्तारै बिस्तारै सबै संबैधानिक अंगहरुलाई आफ्नो अनुकुल भर्तिकेन्द्र बनाई कब्जा गर्ने दुषित मनसायबाट यो बिधेयक ल्याएको बुझ्न कठिन छैन, यस्तो गैरजिम्मेवार र संबैधानिक अंगलाई कब्जा गर्ने अधिनायकबादी चिन्तनबाट प्रेरित बिधेयकका कारण देशको मुख्य कार्यभारका रुपमा रहेको कोरोना बिरुद्दको लडाईमा सहयोगी बन्नुपर्ने प्रमुख प्रतिपक्षी दललाई सरकारले झनै चिढ्याउने काम गरिरहेको देखिन्छ।
त्यस्तै गरेर अर्को बिधेयकका रुपमा सरकारले दल बिभाजन सम्बन्धि ब्यबस्थालाई परिमार्जन गरेको छ, जसमा पहिले कुनैपनि दल बिभाजन गर्नका निम्ति पार्टिको केन्द्रिय समिति र संदिय दलमा ४०% सदस्य संख्या आबश्यक पर्ने प्रावधानलाई परिवर्तन गरी केन्द्रय समिती वा संसदिय दल मध्य कुनै एकमा मात्र ४०% सदस्य संख्या भए पुग्ने ब्यबस्था गरेको छ, यसबाट आम नागरिकले यो बुझ्न सकिरहेका छैनन् की किन यो सरकारलाई यतिबेला यस्तो बिधेयकको आबश्कता परेछ, के कुनै कारणबस सरकारलाई नै आफ्नै पार्टी बिभाजन गर्नुपर्ने आबश्कता पो पर्यो की ? नभए यतिबेला देशभित्र रहेका सबै राजनैतिक दलहरु बिचमा दरीलो एकता गरि कोरोना बिरुद्द लड्ने बेलामा कुनैपनि राजनितीक दल बिभाजन गरी सो बिभाजित समुहलाई सरकारमा सामेल गर्ने कुत्सित मनसाय नै यदि हो भनेपनि यो समयमा गरिने त्यस्तो कुकृत्यलाई आम नागरिकले सुखद रुपमा स्विकार गर्नसक्ने कुनैपनि मनासिव कारण देखिदैन ।
बिशेष रुपमा प्रधानमन्त्रिको चाहानामा ल्याईएको यो बिधेयकका कारण बिभिन्न खालका अड्कलबाजीहरु गर्ने ठाउ प्रसस्त रुपमा देखिन्छ । जसमा प्रथम कारणका रुपमा सरकार गठन भएको करिब ३ बर्ष पुग्न लाग्दा समेत न्युनतम सन्तोषजनक काम सम्म हुन नसकेपछी पार्टी भित्रैबाट प्रधानमंत्रीको बिकल्प खोज्नुपर्ने मत भित्रभित्रै भुसको आगो झै बढिरहेको मात्र नभई प्रधानमंत्रीको बिरुद्दमा लगभग मोर्चाबन्दि कै स्थिती बन्न गई स्थाई समितीमा अल्पमतमा पार्ने काम भैरहेको, अर्का अध्यक्षबाट पार्टीभित्र तिब्र मोर्चाबन्दी गरि शक्ति बढाउने काम भैरहेको सरकारलाई सहयोग भन्दा पनि असहयोग बढी भैरहेको बेलाबेला सरकारलाई कमजोर बनाउने गरि अबिब्यक्ति मात्र नभई राजनितिक संयन्त्रको समेत माग हुन थालेको जस्ता कारणले गर्दा प्रधानमंत्री आफ्नै पार्टीबाट बढी असुरक्षित महसूस गरी कुनैपनि बेला आफुलाई आबश्यक परेको खण्डमा संसदिय दलमा भएको ४०% बढीको आफु अनुकुलका सांसदलाई प्रयोग गरी पार्टी समेत बिभाजन गर्नसक्ने राजनैतिक हतियार आफ्ना सहयोद्दा हरुलाई देखाई तर्साउने रणनिति अख्तियार गरेको हुनसक्ने देखिन्छ । यसो गर्दा आफु सरकारमा पुरा ५ बर्षकार्यकाल बस्न सकिने निष्कर्ष साथ यो कदम उठाईएको हुनसक्दछ ।
यस बिधेयकको दोश्रो कारण भने पुर्व माओवादी हरुलाई यदी तिमीहरु बढ्ता हुन्छौ भने भनेको मान्दैनौ भने जहाबाट आयौ त्यही जान सक्ने सजिलो बाटो बनई दिएको छु धेर फुफुर नगर भनेजस्तो पनि देखिन्छ किनकी पार्टि एकीकरण गर्दा दिईएको ४०% केन्द्रीय सदस्यले सो को प्रयो गरी अलग हुन सक्नेछन् । सो का कारण यस बिधेयकबाट सबभन्दा बढी दबाब महसुस पुर्व माओवादी त्यसमा पनि नेकपाका अर्का अध्यक्ष प्रचण्डले गरिरहेका छन् किनकी उनलाई यस बिधेयक निर्माण पहिले न त पार्टीको कुनै निकायमा छलफल गरियो न त सहमति गरियो एक्कासी बिधेयक बनाई एक प्रकारको मानसिक दबाब दिई पार्टीभित्र तिम्रो हैसियत नाममा मात्र अध्यक्ष हौ जे सक्छौ लु गर भनेजस्तो परिस्थिती बनाईदिए ओलीले । यसबाट प्रष्ट हुन्छ अब कि पार्टी बिभाजन तिर बढ्नुपर्नेछ की ओलीले भनेअनुसार चल्नुपर्नेछ अरु सबैले ।
यस बिधेयकको तेश्रो पाटो भने अरु राजनितिक दलहरुतिर सोझिएको देखिन्छ, अरु दलहरुलाई फुटाई सरकारमा सामेल गर्न सजिलो पार्नका निमित्त पनि यो बिधेयक ल्याईएको हुन सक्दछ, प्ररम्भिक रुपमा सबैजसो सानातिना दलहरुले यस बिधेयकको बिरोध गरेका कारण यो तर्क त्यती मजबुत नभएतापनी नेपालको राजनितीमा यसरी दल बिभाजन गरी सरकारमा सामेल हुने कुरालाई नकार्न भने सकीन्न । यदी यसैका निम्ती सरकारले यो बिधेयक ल्याएको हो भनेपनि फेरीपनि नेपाली राजनितीमा दल बिभाजन हुने सरकार गठन र बिगठनको खिचातानी हुने श्रृंखला बढ्ने क्रमको शुरुवात हुनेछ र यो श्रृंखला बढ्दै बढ्दै जादा जनतामा राजनितिक दलहरु प्रति मात्रै नभई बिस्तारै बिस्तारै यो लोकतन्त्रीक गणतन्त्र प्रति समग्र ब्यबस्था प्रति नै बितृष्णा उत्पन्न हुनेछ र जसले गर्दा यसको अन्तिम फाईदा निरंकुशता अधिनायकबादी शक्तिलाई हुनेछ भने यति ठुलो बलिदानी यति बिशाल संघर्ष बाट स्थापित भएको यो लोकतान्त्रिक ब्यबस्थाले हार्नुपर्ने दुःखद दिन नआउला भन्न सकिन्न ।
विश्वका सरकार प्रमुखहरु कोरोना महामारी देखाएर आफ्नो असफलता लुकाएर राजनीतिक अभिष्ट पूरा गर्न लागेका छन्।
अहिले सिमानामा रोकथाम, यात्रा अवरोध, क्वारेन्टाइन जस्ता कदम उठाइएका छन्। यी राजनीतिक कदमलाई भाइरस बिनाको चिकित्सकीय कदम भनिएको छ। आम मानिसले माहामारी विरुद्ध देखाएको ऐक्यवद्धताबाट के बुझिन्छ भने संसारका हरेक देशका जनता आफ्नो आर्थिक, सामाजिक, संरचनाको पद्धति बदल्न तयार छन् तर नेताहरु छैनन्।
हामीले भाइरसको चक्रलाई ब्रेक गर्नैपर्छ। महामारी फैलिन नदिन भाइरसलाई मानिसको सम्पर्कमा आउन नदिनु नै हो। निश्चित अवधिभित्र मानिससँग सम्पर्कमा आउन दिएनौं भने यो आफैं अन्त्य हुनेछ। नेपालले पनि विश्व माहामारीबाट पाठ सिक्दै आवश्यक नीति तर्जुमा गर्दै वर्तमान स्वास्थ्य संकटको समाधान गर्नु जरुरी छ।
अन्तमा, हाललाई समग्र देश भित्रका राजनैतिक दलहरुलाई कोरोना बिरुद्दको लडाईमा एकताबद्द बनाई सामुहिक लडाई लडौ, अहिले राष्ट्रपतिबाट प्रमाणित भएको बिधेयकका सम्बन्धमा सबै दल छलफलमा बसि एउटा साझा निश्कर्षमा पुगुन् र बिधेयक बनाउनु नै परेछ भने कोरोना संक्रमणको अन्त्य भई मुलुक सामान्य अबस्थामा फर्किए पश्चात संसदिय प्रकृया मार्फत अधिकतम सहमतिसाथ बिधेयक निर्माण गरुन् र नेपालि हरुको ठुलो त्याग र बलिदानीबाट आएको यो लोकतान्त्रिक गणतन्त्र झनै मजबुद र चिरस्थायी बनोस् ।
लकडाउनका अवधिभरी वा कारणले रोजगार गुमाएका वास्तविक श्रमिक मजदुर र किसानलाई परिचयपत्र जारी गर्ने, सोही आधारमा राहत बितरण रोजगार तथा पुर्स्थापना कार्यलाई कडाई साथ लागु गर्ने जस्ता प्रकृया अपनाउनु जरुरी देखिन्छ। सरकारले आफ्नो वास्तविक सामर्थ्यका आधारमा योजना बनाएर काम गरेको खण्डमा कोरोनाको कारण देश लकडाउन भएको मौका छोपेर सरकारलाई फलडाउन” गर्ने षडयन्त्रलाई जनता, कार्यकर्ता र सिॅंगै पार्टी पंक्ति स्वतःधुलिसात बनाई दिनेछन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 457