
काठमाडौं : बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो ।

लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण बढ्ने क्रम भने जारी छ । लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।
Views: 188


