Aamsanchar

आज उभौली पर्व

Author Image
बिहिवार, वैशाख २५, २०७७


अनि यसपालाको उभौलीमा साकेला चण्डी नाच्न कोरोना महामारीका कारण के कति सम्भव हुनसक्छ, त्यसको भने कुनै निश्चितता नभएपनि आजको दिनको विशेष महत्व सम्पूर्ण नेपालीहरुले महसुस अवश्य गरेका छन्।

किराँत समुदायमा अत्यन्त लोकप्रिय चण्डी नाच सबैजनाको सुस्वास्थ्य, दिर्घायू र समृद्धीको कामना गर्दै नाचिन्छ । आउनुहोस प्रकृतीका सन्तती, विश्व प्रसिद्ध किराँत समुदायले मनाउने यस वसन्त क्रृतुको उभौली पर्वको कुरा गरौ । प्रकृतीका पुजारी यस समुदायले बैशाख पूर्णिमाका दिन अन्न वाली सप्रियोस, राम्रो वाली लागोस, पृथ्वीमा कही कतै खाधान्नको कमी नहोस भन्दै यस उभौली पर्व मनाउदछन् । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ, चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिन हो । त्यहि भएर उभौलीका अवसरमा साँस्कृतिक महोत्सवका रुपमा यो पर्व मनाउने गरिन्छ ।

कृषी उन्मुख यी दुई यस्ता पर्वहरु छन् जसले सम्पूर्णतया कृषी र वालीको जनाऊ दिनेगर्दछन्, यी दुईवटा पर्वहरुमा किराँत समुदायले मनाउने उभौली र उधौली पर्व हुन । वैशाखे पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रुपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण श्रृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । बैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।

बालीनालीका रक्षक तत्वहरु जस्तै कि प्रकृती, आवहवा, देवीदेवता र पृथ्वीको आज पूजा गरिन्छ, काठमाडौको टुँडिखेल आज उभौलीको रौनकतामा हेर्नलायक देखिन्छ, पारम्परीक भेषभुषामा सजिएका किराँती समुदायका मान्छेहरु अनि गोलबन्द भएर पुरुष महिला सगैँ नाचेकोे अत्यन्त रसिक देखिन्छ है ।

पुरुषहरुलेकालो कोट, दौरारसुरूवाल लगाउने, बुकीफूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्दछन् भनेँ महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेंला गरगहना सहित सजिएर नाच्ने चलन छ । हातमा चौरीको पुच्छर, चम्मर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदैूसोइ ढोले सोइ अर्को ढोले खोइू भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ यसरी नाच्दा स्याउला, ढोल, झ्याम्टा,बिनायोतथा हारी जस्ता बाजाहरु बजाउँदै अनि विभिन्न कृषीकार्य गरेझैँ जस्तै धान काटेको, दाहुनी गरेको जस्तो मुद्रामा नाचीन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर